कोरोनाको कहर, सरकार गैरजिम्मेवार वन्दै

फाल्गुण २२,२०७६

-

•  विनोद त्रिपाठी--

 प्रधानमन्त्री केपी शर्मा ओली ज्युको मृगौला सफल रुपमा प्रत्यारोपण भएकोमा वधाइ छ । स्वस्थ्यताको अझै शुभकामना छ । अब यो संगै जनताले प्रधानमन्त्री निको भएपछि गंभिर ढंगले निम्न बिषय उठान गर्न जरुरी भइसकेको छ । नत्र, नेपाल डरलाग्दो भुमरीमा फँस्दैछ । सरकारको गैरजिम्मेवारीले औषधीदेखि विभिन्न सामग्रीमा कालावजारी शुरु भइसकेको छ । यदि सरकार वेलैमा गंभीर वनेन भने के हुन सक्छ, त्यस तर्फ विचार गर्न जरुरी छ । 
 
१, कोरोना भाइरसले विश्व अर्थतन्त्र र ब्यापार चौपट हुँदैछ । कोरोनाकै कारण नेपाल जस्ता गरिबी मुलुकहरु तहसनहस हुने संकेत विज्ञहरुले गरिसकेका छन् । विकसित र धनी मुलुकले धेरै सामग्रीहरु मौज्दात राखेका हुन्छन् । जस्तै, औषधी, खाद्यान्न, पेट्रोलियम पदार्थ आदि । तर, हामी कहाँ केहि मौज्दात छैन । केहि उत्पादन छैन । अबको केहि दिनमा सबै देशले निर्यात ठप्प पार्देछन् । नेपालले के गर्ने अब योजना बनाउन एक एक सेकेण्ड ढिला भइसकेको छ ।
 
२, यो सरकार (कम्युनिष्ट) गठन भएपछि तरकारीमा तिन शय प्रतिशत, खाद्यान्नमा १० देखि ५० प्रतिशत र अन्य अत्यावस्यक बस्तुमा करिब शतप्रतिशत महंगी बढेको नेपाल राष्ट्र बैंकको पटक पटकको प्रतिवेदनमा सार्बजनिक भइसकेको छ । तर, अझै सरकारका मन्त्रीहरु, उच्च अधिकारीहरु सरकार निकटका कार्यकर्ता र विचौलियाहरुले महंगी बढाइरहेका छन् । कोरोना भाइरस नियन्त्रणको लागि सबैजसो देशले निर्यात रोक्न थालिसकेका छन् । अझै कति महंगी बढ्ने हो कसैले अनुमान गर्न सक्दैन ।
 
, नेपालमा कम्युनिष्ट सरकार भएकै कारणले विकसित प्रजातान्त्रिक मुलुकहरुले अनुदानमा कटौती गरेका छन् भने केहि आयोजनाहरु (एमसिसी लगायत) दिए जस्तो गर्न विभिन्न शर्त राख्दै अल्झाइरहेका छन् । न आफ्नै उत्पादन, न अनुदान न कुनै ब्यापार ब्यबसाय । अब केहि दिनमै नेपाली बजार अनियन्त्रित र घोर महंगीमा उचालिनेछ ।
 
४, अधिकांश देशले विदेशी कामदारलाई फर्काउन शुरु गरेका छन् । नेपालका युवाहरु पनि अबका केहि दिनमा धमाधम स्वदेश फर्कने संभावना बढेको छ । रेमिट्यान्सले धान्दै आएको हाम्रो अर्थब्यवस्था अब कति गिर्नेछ र हरेक नेपालीका घरघरमा भोकमरीले कसरी गांज्नेछ ? यो भयावह अबस्था कल्पना भन्दा बाहिरको छ ।
 
५, धेरैजसो देशले अन्तराष्ट्रिय उडानहरु रोकेका छन् । पर्यटन ब्यवसाय ठप्प हुन थालिसकेको छ । मंहगी त यो सरकारले शुरुदेखि नै नियतवस बढाइरहेको छ । अहिले मुखमा लगाउने माक्सदेखि तरकारीसम्म, खाद्यान्नदेखि औषधीसम्ममा हजार प्रतिशत महंगी बढिरहेको छ । वर्तमान कम्युनिष्ट सरकार रमिता हेर्ने वा यहि मौकामा रकम असुलिरहेका छन् । अब बोल्ने बेला आएको छ । अर्थमन्त्री, कृषिमन्त्री, आपुर्तिमन्त्रीहरु नै विचौलियालाई संरक्षण गरेर सरकारको मुख्य कर्ता भएको धेरै पटक प्रमाणित रुपमै समाचारहरु वाहिर आएका छन् । अब निको भएर आएपछि प्रधानमन्त्री केपी शर्मा ओली ज्यू संग सबैले एकस्वरमा आवाज उठाऔं । नत्र, ‘रात वित्यो, अग्राख पलायो ’ भने झैं यहि कोरोनाको वाहाना वनाएर सरकारले ‘दिन दुइगुना रात चौगुना’ जनता मरेको हांसी हांसी हेरिरहनेछ । 
(लेखक, वरिष्ठ पत्रकार हुन् । यो लेख उनको फेसवुकवाट साभार गरिएको हो : सम्पादक ।)