मेरा चाहना भित्रका अपेक्षाहरु

आषाढ २७,२०७७

Biplabi Neupane

-

 

• विप्लवी न्यौपाने --

मेरो परिवार किन मेरो सृजनालाई बुझ्दैन ? म मेरो परिवारले मेरो सृजना र क्षमता बुझोस भन्ने चाहन्छु । परिवार विपक्षी बनेर होइन, पक्ष वनेर मलाई साथ दिनुपर्छ । यो समाजले पनि हामीलाई साथ दिनुपर्छ । तर किन  साथ दिदैँन ? हामी किशोरीहरु पनि समाजलाई केहि योगदान दिन सक्छौं नि ।  किन समाजवाटै असुरक्षित छौं ? अभिभावक, गुरुजन, मित्र एवं आफन्तहरु नै हामीप्रति किन सकारात्मक बन्दैनन् ? आज मैले मेरो इच्छानुसार राम्रा कामहरु गर्दा यो समाज अनि यो सरकारबाट किन सधैं अपमानित र अपहेलित हुनुपरेको छ ? मैले आफ्नो अभिरुची अनुसार अगाडि बढ्दा तपाईंहरुले मलाई यसको भविष्य नेतागिरी हो, यसले गर्न खोजेको राजनीति हो अनि २÷४ वटा राम्रा काम गरेर समाजमा परिचित बन्ने यसको सपना हो भन्ने किन आरोप लगाउनुहुन्छ ? मसंग यस्ता अनगिन्ती प्रश्नहरु छन् ।

कृपया तपाईंहरुले मेरो सपना साकार पार्न प्रेरणा दिनुहोला । जन्मपछि मृत्यु निश्चित भएकाले सबैले अहंकार त्यागौं । सुविचारमा आफूलाई समाहित गर्न सकेमा तपाईं हाम्रो जीवन फल्नेछ, फुल्नेछ, हराभरा हुनेछ । फेरि पनि भन्न चाहन्छु, म मेरा बुवाआमा, परिवार, इष्टमित्र, साथीहरु, समाज र हरेक नागरिकसंग । हामी किशोरीहरु वा नारीहरुलाई आफ्नो सृजना र क्षमतामा बाँच्ने अधिकार दिनुहोस । अधिकार सबैको बरावर हुन्छ भने आफ्नो खुबी, क्षमता र सृजना देखाउन पनि सबैको उति नै हक छ । 

 
म आफ्नो मर्यादाभन्दा बाहिर गएर काम गरेजस्तो मलाई लाग्दैन । कुनै सिद्धान्त वा साध्यले यो काम पुरुषले र यो काम महिलाले नै गर्नुपर्छ भन्ने प्रमाणित गरे जस्तो मलाई लाग्दैन । म नारी हुँ । यसैपनि पुरुषले भन्दा थोरै बढी सामाजिक अपहेलना मैले सहनुपर्छ । हाम्रो समाज यस्तै छ । विकसित देशमा यस्तो समाज हुँदैन । प्रकृतिले पनि मलाई तिमी नै  श्रृष्टिकर्ता हौं, आफ्नो कर्तव्य कुशलतापुर्वक गर्नु भनेर जन्मने वित्तिकै यहि कर्तव्य दिएकीछिन् । मैले पुरुषलाई सहज छ अनि मलाई गाह्रो छ भन्न खोजेकी पनि होइन । तुलनात्मक रुपमा महिलालाई हाम्रो समाजमा कठिन छ भन्न मात्र खोजेकी हुँ । यसबारे तपाईंहरुलाई पनि राम्रोसंग थाहा छ ।
 
हाम्रो परम्पराले हामीलाई धेरै राम्रा कुराहरु पढाईरहेको, सिकाइरहेको त छ । तर पनि किन किन म आफ्नो स्थिति देख्दा सन्तुष्ट भने हुन सक्दिन । मैले छोरी भएकै कारण स्वतन्त्र रुपमा घुमफिर गर्न पाउँदिन । भान्सा, खेतबारीमा काम गर्नुपर्ने, परिवारका सबै सदस्यका लुगा म एक्लैले धुनुपर्ने, बालबच्चा स्याहार्नुपर्ने आदि नारीको प्रमुख जिम्मेवारी मानिन्छ । यसका अलवा के मलाई छोरा मान्छे जसरी बहादुर काम गर्न मन लाग्दैन होला त ? मसंग पनि सपना छन होला, राष्ट्र हाक्ने खुबि छ होला । तैपनि छोरी भएपछि पराईघर जानुपर्छ ।  अर्काको खुशीमै तिमी रम्नुपर्छ । परिवारका प्रत्येक जिम्मेवारी तिमीले वहन गर्नुपर्छ । बस् यति मात्र सिकायो यो परिवार, समाज र समग्र राष्ट्रले मलाई !
 
म सानैदेखि समाज अध्ययन, सेवा, कानुन, राजनैतिक गतिविधि एवं पत्रकारितामा बढी ईच्छुक थिए । यी विषयबारे जानकारी लिने अठोट सानैबाट गरे । विस्तारै विस्तारै बुझ्दै, सिक्दैछु । मैले न आफ्नो सपना गुमाएकी छु न सकारात्मक सोच । म कसैलाई पनि दुश्मनको नजरले हेर्दिन । मलाई अरुले के गर्लान् भन्नुभन्दा पनि म आफूले आफ्नो जीवनकालमा यो समाजको लागि के गर्न सकँुला भन्ने कुराले बढी पिरोलिरहन्छु । म आफूलाई सर्वज्ञानी पनि मान्दिन । म बाँचुन्जेल समाजका लागि अनगिन्ती उदाहरणीय कामहरू गर्नेछु, स्वतन्त्र पंक्षी बनेर उड्नेछु । मेरा राम्रा क्रियाकलापमाथि कसैको पनि हस्तक्षेप नहोस् भन्ने चाहना मेरो थियो । बिडम्बना मैले सोचेजस्तो अनुभव बटुल्न सकिन ।
 
आफ्नो बाटो हिड्दै गर्दा बाधा व्यवधान आउनु स्वभाविक हो । समाधान खोज्नु बहादुरिता हो । यसै आदर्शअनुरुप म हरक्षण केही नयाँ गर्ने कोशिश गर्छु । तर मेरा बाटोहरुमा अर्केवाट काँडा छरिदिने कामहरु भैरहन्छन् । मेरा प्रत्येक सुकर्मलाई समाजले नेतागिरी र राजनीतिसंग जोडिदिन्छ । अनि आरोप लगाइदिन्छ । म त्यतिबेला आफुलाई उच्चतम तिरस्कृत भएको महसुस गर्छु । म कुनै कुरा कल्पना गर्छु, त्यो बाटोमा हिड्नका लागि रेखाचित्र कोर्छु । आफ्नो यात्रामा आइपरेका समस्याहरु आफैं समाधान गर्ने प्रयत्न गर्छु । हाम्रो परम्परानुसार नारीले गायिका, नायिका, मिडियाकर्मी, राजनीतिज्ञ एवं विभिन्न निकायका सक्रिय कार्यकर्ता नबन्नु सकेसम्म राम्रो मानिन्छ ।

तपाईंहरुले  मलाई साथ स्नेह दिनुहोस् , सक्नुहुन्न चुपचाप बस्नुहोस । तपाईंहरुले मलाई मेरो हैसियत बताउनुपर्ने जरुरी छैन । म चाहेका हर कुरा प्राप्त गर्न सकारात्मक वन्ने प्रयास गर्नेछु । परिवार, समाज, राष्ट्र कसैले पनि मेरा व्यक्तिगत काममा हस्तक्षेप नगर्नुहोस् । हामी मिल्यौं भने थोरै भएपनि राम्रो होला तर भिड्यौं भने त्यसले राम्रो नतिजा पक्कै दिदैन । मलाई थाहा छ ,मैले रोजेको बाटो राम्रो छ । म ईमानदार छु र स्वाभिमानी वन्न चाहन्छु । मलाई इच्छा लागेको विषयमा अध्ययन तथा अनुसन्धान गर्न पाउनुपर्छ । 

 
 
मेरा बुबाआमालाई हाम्री छोरीको भबिष्य कस्तो होला भन्ने प्रश्नले निकै सताएको होला । धेरै छोरामान्छेसंग संगत गर्छिन, कतै कसैले फँसाइदिने त होइनन् ? उहाँहरुको यो चिन्ता छ । सानै छिन्, प्रेममा परेर हामीलाई चटक्कै बिर्सिएर पराइलाई अङ्गाल्ने पो हुन कि ? सरकारी जागिर खाँदिनन कि ? बस् उहाँहरुलाई यहीँ कुराको चिन्ताले दिनरात हैरानी पारेको छ । 
 म मेरा भगवानरुपी बाबाआमालाई स्मरण गराउन चाहन्छु , तपाईंहरुले मलाई राम्रो संस्कार दिएर हुर्काउनु भएको छ । गुरुहरुले पनि ममा चेतनाको दिप बालिदिनुभएको छ । म विवेकशिल छु । चिन्ता नगर्नुहोस् , म सकेसम्म गलत काम गर्ने दुस्साहस गर्ने छैन । गुरु तपाईंहरु पनि ढुक्क हुनुहोस्, तपाईंहरुको परिश्रम र सपनालाई बिर्सने छैन ।
 
म अन्त्यमा के भन्न चाहन्छु भने, स्वतन्त्र भएर बाँच्न, आफ्ना आवश्यकता परिपुर्ति गर्न पाउनुपर्छ । यो मेरो अधिकार हो । म यस लेख मार्फत के प्रष्ट पार्न चाहन्छु भने सक्नुहुन्छ तपाईंहरुले  मलाई साथ स्नेह दिनुहोस् , सक्नुहुन्न चुपचाप बस्नुहोस । तपाईंहरुले मलाई मेरो हैसियत बताउनुपर्ने जरुरी छैन । म चाहेका हर कुरा प्राप्त गर्न सकारात्मक वन्ने प्रयास गर्नेछु । परिवार, समाज, राष्ट्र कसैले पनि मेरा व्यक्तिगत काममा हस्तक्षेप नगर्नुहोस् । हामी मिल्यौं भने थोरै भएपनि राम्रो होला तर भिड्यौं भने त्यसले राम्रो नतिजा पक्कै दिदैन । मलाई थाहा छ ,मैले रोजेको बाटो राम्रो छ । म ईमानदार छु र स्वाभिमानी वन्न चाहन्छु । मलाई इच्छा लागेको विषयमा अध्ययन तथा अनुसन्धान गर्न पाउनुपर्छ । 
 

म मेरा भगवानरुपी बाबाआमालाई स्मरण गराउन चाहन्छु , तपाईंहरुले मलाई राम्रो संस्कार दिएर हुर्काउनु भएको छ । गुरुहरुले पनि ममा चेतनाको दिप बालिदिनुभएको छ । म विवेकशिल छु । चिन्ता नगर्नुहोस् , म सकेसम्म गलत काम गर्ने दुस्साहस गर्ने छैन । गुरु तपाईंहरु पनि ढुक्क हुनुहोस्, तपाईंहरुको परिश्रम र सपनालाई बिर्सने छैन ।

 
कृपया तपाईंहरुले मेरो सपना साकार पार्न प्रेरणा दिनुहोला । जन्मपछि मृत्यु निश्चित भएकाले सबैले अहंकार त्यागौं । सुविचारमा आफूलाई समाहित गर्न सकेमा तपाईं हाम्रो जीवन फल्नेछ, फुल्नेछ, हराभरा हुनेछ । फेरि पनि भन्न चाहन्छु, म मेरा बुवाआमा, परिवार, इष्टमित्र, साथीहरु, समाज र हरेक नागरिकसंग । हामी किशोरीहरु वा नारीहरुलाई आफ्नो सृजना र क्षमतामा बाँच्ने अधिकार दिनुहोस । अधिकार सबैको बरावर हुन्छ भने आफ्नो खुबी, क्षमता र सृजना देखाउन पनि सबैको उति नै हक छ । सबैप्रति नमन गर्न चाहन्छु ।