एक पटक राजनीतिमा सुद्धता खोजौं

फाल्गुण २७,२०७८

-मुकुन्द न्यौपाने

  • मुकुन्द न्यौपाने:-
              
केही केही मानिसहरू के भन्छन् भने राजनीतिमा किन लाग्ने राजनीतिमा लागेर के पाईन्छ ? राजनीति प्रति नकारात्मक धारणा राख्ने अचेतन मानिस वा राजनीतिको फेर समातेर आफ्नो निजी लाभ लिन दगुरेका तर आफ्नो तृष्णाको कल्पित ईच्छा अनुसार लाभ लिन नसकेका अचेतन मान्छे वा पढेलेखेका सधैं ठूलो कुर्सी ताकेर बसेका मानिसहरूको कुरा हो यो ।
 
 
तपाईं अलिकति बिचार गर्नुस् त मानिस राजनीतिमा लागेर घर छोडेर हिडे । बीस बीस बर्ष भुमिगत बसे जनतालाई राजनीतिबाट सचेत गराए । गाउँ गाउँमा जनताका संगठन बनाए सहरमा मजदुर र बिद्यार्थीहरुलाई संगठित गरे । सहर र गाउँमा जागरण ल्याए । निरंकुश पँचायती शासनको अन्त्य गरेर बहुदलीय लोकतन्त्रको स्थापना गरे । यो सबै के ले ग¥यो ? यो राजनीतिले ग¥यो ।
 
 
आज ऐ राजनीतिले सामान्य परिवारका मान्छे सांसद भएका छन्। निरक्षर बाबुआमाको छोरा मंत्री भएका छन् । आज यत्रा उपलब्धि प्राप्त गर्दा गर्दैपनि नेपाल र नेपालीको राजनीतिलाई दुषित गर्ने काम २०४८ पछिको बहुदलीय ब्यवस्थामा दलका लुब्ध नेताहरूले गरे । जनतालाई खरिद बिक्रीको बस्तु बनाएर नोट र भोटको ब्यापार चलाए । यसले गर्दा इमान्दार नैतिकवान लोकतन्त्रका हिमायतीहरुको लागि अप्ठ्यारो स्थितिको सृजना भयो ।
 
 
तर यसको दोस राजनीतिलाई हैन राजनीति प्रती वितृष्णा फैलाउने गरि आफ्नो स्वार्थको लागि जस्तासुकै अनैतिक काम गर्न पनि तयार हुने लुब्ध ब्यक्तिगत स्वार्थमा लिप्त नेताहरू नै हुन् । धन जम्मा गर्न माफियासँग गला मिलाउने निर्वाचनमा जितेर मन्त्री खाने जसरी पनि प्रधानमन्त्री बन्ने जनतासामु गरेका चुनावका बाचा कवोल बिर्सेर जनतालाई बेवास्ता गर्ने र राजनीतिलाइ दुषित पानीमा परिणत गर्ने नेता हुन् दोषी राजनीति हैन् ।
  
 
नागरिकहरुले राजनीतिलाई दुषित हुन नदिन आफुलाई सतर्क गर्नैपर्छ । जसरी दुष्ति नेताले धनाढ्यसँग गला मिलाएर नागरिकको भोट किन्न पैसा तान्छ त्यसैगरी उमेद्धारबाट पैसा तान्न नागरिक चुनाव पर्खेर बस्छ । यसरी राजनीतिलाई प्रदुषित गर्ने दुईथरी छन् । भोट किन्ने नेता र भोट बेच्ने नागरिक यी दुबै जबसम्म जनताको बीचबाट सामाजिक बहिष्कार भएर नाङ्गेझार हुदैनन् तबसम्म राजनीति भित्रका बिकृतिलाई सच्याउन सकिदैन । अनि राजनीतिलाई दुषित पार्ने भोट किन्ने र बेच्नेहरु सफा दोष राजनीति लाई ?
 
 
अब्राहम लिंकन अमेरिकाको गल्ली बढार्ने एउटा सफाइ मजदुर थिए । राजनीतिले उनलाई राष्ट्रपती बनायो । यस्तै सामान्य परिवारमा जन्मेका संसारका धेरै मानिसहरूलाई राजनीतिले महान ठाउँमा पु¥याएको छ । भारतमै पनि यस्ता उदाहरण पाउन सकिन्छ र नेपालमै पनि । त्यसैले राजनीति एउटा चम्किलो र सफा कुरो हो भनांै । सफा बगिरहेको पानी जस्तो जसले तपाईंको शरीरको सम्पूर्ण महिलो पखाली दिन्छ । 
 
 
तर तपाईंले त्यो पानीलाई दुरुपयोग गर्न थाल्नुभयो भने र भैसे आहाल जसरी दुषित पार्न थाल्नुभयो भने तपाईको शरीर सफा हैनकि दुषित खटिराहरुले भरिने छ । नेपालमा राजनीतिलाई दुषित पारेर शरीरमा सुकेलुतो उत्पन्न गर्ने नेपालका शत्तासिन दलका राजनीतिक नेताहरू हुन् । 
 
यी नेताहरू “एक ठक्कर खाए सात बुद्धि पलाउछ“ भन्ने पुर्खाको उखानलाई समेत याद गर्दैनन् । उल्टो शत्ताम पुगेपछि यिनीहरु सात ठक्कर खाएर एक बुद्धि पनि नपलाउने मानिसमा रुपान्तरण हुन्छन् । भैसे आहालमा कतिपटक डुब्दै निक्लदै गरेर लुतो कन्याइ रहंदापनि सफा पानीलाई फोहोरमा परिणत नगरौं भन्ने ज्ञान यिनीहरूमा किन खुल्दैन? यसैलाई दुई विपरित तत्वको एकता भनिन्छ । सफालाई फोहोरमा परिणत गर्न सकिन्छ भने फोहर लाई सफामा परिणत गर्न किन सकिदैन ?
 
 
राम्रो र नराम्रोको बीचको सम्बन्ध पनि दुई विपरित तत्वको बीचको एकताको सम्बन्ध हो । यस अर्थमा यी दुई बीच त्यति ठूलो खाडल छैन जो
पार गर्नै नसकिने होस् । बस्तुत हिजोको नराम्रो आजको राम्रोमा फेरिन सक्छ भने आजको राम्रो भोलीको नराम्रोमा फेरिन सक्छ । जसले अरुमा दोष देखेर आफुलाई अलग गर्छ त्यो यस्तो मान्छे जस्तै हो जो अवोध बच्चाको अवोध पन देखेर उपेक्षा गर्छ र बच्चाले खेलेको समेत देख्न शक्तैन ।
 
 
समस्त जीवन एक जस्तो छ तर देख्नमा विविधता छ । फुल वृक्षबाट अलग चीज हैन । यो त्यसै वृक्षको एउटा अंग हो अझ भन्ने हो भने यो पातको दोस्रो रुप हो । बाफ पानीबाट अलग कुरा हैन त्यो पानी कै दोस्रो रुप हो । त्यसै गरि राम्रो खराबकै परिस्कृत रुप हो नराम्रो नभै राम्रो हुदैन गोबरले स्याउ सुन्तला सागसब्जी अन्नवाली फलाउ छ नराम्रो नै गति र परिवर्तनको दौरान परिस्कृत भएर राम्रोमा बदलिन्छन् । फलफूलहरुमा जुन बोटले गोबरलाई आफ्ना जरा मार्फत राम्रोसँग उपयोग गरेर खाद्यान्नमा परिणत गर्छ त्यो बोटले सुफल सुगन्धित फल फलाउंछ । जुन बोट जिङराएको छ त्यसले मललाई असल बस्तुमा रुपान्तरण गर्न सक्तैन सुफल हैन सफल सडेको फल फलाउछ ।
 
 
नेपालको राजनीतिमा यस्तै हो । यहाँका राजनीतिक पार्टीहरु यस्तै दुई खाले बोट जस्ता छन् । जुन पार्टी विज्ञान र द्वन्द्ववादको गुदिलाई राम्रोसँग बुझ्दछन् र ब्यवहारमा कार्यान्वयन गर्दछन् उनीहरुले सुफल कार्यकर्ता जस्तै दिउँसो काममा सांझमा अध्ययनमा ब्यस्त रहने कार्यकर्ता जन्माउछन् भने मलको राम्रोसँग उपयोग गर्न नसक्ने बोटले झै अज्ञानी नेता र नेतृत्व रहेको पार्टीले मलको उपयोग गर्न नसके जस्तै दिनभरि गफमा र सांझ परेपछि भोजमा छिर्ने सफल कार्यकर्ता जन्माउछ । 
 
त्यसैले राजनीतिक सुद्धताको कुरोपनि यस्तै गरि सुफल र सफलसँग जोडिएको हुँदा यसलाई सबैले एकपटक बुझ्न र कार्यन्वयन गर्न जरुरी देखिन्छ ।
 
लेखक न्यौपाने नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता हुन् ।