Trending :
 

वर्तमान लोकतन्त्र र सुशासन माथिका संकटहरुः मुकुन्द न्यौपाने

फाल्गुण १७,२०७८



फागुन १७, २०७८ काठमाडौं ।
  • मुकुन्द न्यौपाने:-
हाम्रो समाज वर्गीय भेदभावमा आधारित समाज हो । जो सँग पैसा छ त्यसले पैसाको प्रयोग गरेर पैसा कमाउछ । जो सँग पैसा छैन त्यसले ज्यालादारीमा काम गरेर जिविका चलाउछ । सहरमा सडक पेटीमा खुद्रा सामान गञ्जी, कट्टु र बच्चाका खेलौनादेखी साग सब्जी बेच्नेको संख्या पनि त्यतिकै ठूलो छ । 
 
गाउँ क्षेत्रमा गरिबहरुको लागि ज्यालादारी मात्र एउटा गुजाराको पेसा छ । तर त्यो ज्यालादारीले वाली भित्र्याउने बेलामा र वाली लगाउने समयमा मात्र भोकमरीलाई कम गर्न सक्छ । बाँकी समय गरिवहरुको दुखान्त अवस्था यति दर्दनाक हुन्छ कि त्यो कसैले व्यक्त गर्न सक्दैन ।
 
 
नेटो र वल्र्ड बैंकले आज एसियाका धेरै देशमा प्रजातन्त्रको अभ्यासको नाममा आफ्ना एजेन्टहरु मार्फत चुनावमा पैसाको खोलो बगाएर आफुँंग आत्मसमर्पण गरेका र गर्न तत्पर रहेका नेताहरूलाई जिताएर निरङकुशतन्त्र खडा गर्ने अर्थ मन्त्रालय कब्जा गर्ने र उद्योग व्यवसायमा कम्पनीतन्त्र खडा गरेर मध्यम वर्गको पुजी कब्जा गरेर दलाल पूजीपती बर्गको हातमा पु¥याउने र धनाढ्य तन्त्र स्थापना गर्ने नेटो र वल्र्ड बैंकको नीती लागू गर्ने योजना अन्तर्गत एमाले सरकारका अर्थमन्त्री युवराज खतिवडाले २०७५ वैशाखमा नेपाली मध्मवर्गको पूर्ण बाहुल्यता रहेको यातायात क्षेत्रको कानुन बमोजिम दर्ता भएका समिति खारेज गरेर कम्पनीमा जाउँ भनेर उर्दी जारी गरे ।
 
यसको उदेश्य कम्पनीतन्त्र खडा गरेर मध्यम वर्गको पूजी दलाल पूजीपति वर्गको हातमा पुर्याउनु थियो । केपी ओलीको एमाले सरकारको अवधिमा केही रसायनिक बुद्धिजीवीहरु र शत्ताबाट राजनीतिक आर्थिक लाभ लिइरहेका शत्ताभित्र बसेर मस्ति मारिरहेका अवाञ्छित तत्वहरुले राजनीतिक, आर्थिक र सामरिक शक्ति माथिको नियन्त्रलाई आफ्नो मुठ्ठीमा राख्न र जनता माथिको आफ्नो शासनलाई कायम राख्न लोकतन्त्र र प्रजातन्त्रलाई आफ्नै तरिकाले ब्याख्या गर्न थालेका छन् ।
 
 
नेपालको लोकतान्त्रिक निर्वाचन र निर्वाचनमा चुनाव जित्न गरिने भोटको खरिदबिक्रीमा ठूला धनाढ्यहरुको लगानीको कारण आजको लोकतन्त्र संकटको मुखतिर धकैलिदै छ । हामी सुशासनका कुरा गर्छाै तर आजका सुशासनका संकटहरुको बारेमा गहन ढंगले जनचेतना जगाउने कुराबाट टाढा भागीरहेका छौं । जब केही धनाढ्य मानिसहरूले सम्पूर्ण निर्वाचन प्रणालीलाई पैसाको नियन्त्रणमा लिएर आफुले चाहेको उमेदवार जिताउने र आफुले जिताएको दलको सरकार बनाउछन् त्यस्तो सरकार जुनसुकै नामको भए पनि त्यो धनाढ्य तन्त्रकै नियन्त्रणमा हुन्छ ।
 
 
आज पश्चिमा मुलुकहरुले पूर्वका राष्ट्रहरुमा मानव अधिकार संरक्षणको नाममा यति आईएनजिओ र एनजीओहरु खोलेका छन् यस्ता आईएनजिओ र एनजीओहरु उतैबाट पैसा ल्याउछन् र यताका मुलुक भित्र पश्चिमाहरुकै स्वार्थ पुरा गर्ने काम गर्छन् । कतिपय आईएनजिओहरुले आफू संलग्न रहेको पार्टीलाई जिताउन र पश्चिमाहरुको धनाढ्यतन्त्रको एजेण्डालाई ती मुलुकमा लागू गराउन ठूलो मात्रामा पैसाको प्रयोग पनि गरेका छन् । 
 
 
आज नेपाल जस्ता पिछडिएका मुलुकहरूमा मानव अधिकारको नाममा पश्चिमाहरुले जतिपनि संस्थाहरु खोलेका छन् गरिब र पिछडिएका नेपाल जस्ता मुलुकका यस्ता संस्थाहरुलाई बिदेश घुमाइदिने राम्रा राम्रा होटलमा बसाउने उपहार र दाम हातमा राखिदिने गरेर बिस्तारै मानसिक गुलामीको सिक्रिमा कस्दै आफूले चलाएको धनाढ्यतन्त्रको एजेन्टको रुपमा प्रयोग गरिरहेका छन् ।
 
 
यस्ता वाह्य शक्तिबाट संचालित संस्थाहरुले उत्पन्न गर्ने मुख्य समस्या भनेको मध्यम वर्ग र गरिव मानिसहरुका समस्या ओझेलमा पार्नु यहाँका प्रतिभाशाली युवाहरूलाई राम्रो रोजगारिको लोभ देखाएर पलायन गराउनु र पश्चिमा धनाढ्यतन्त्रको मानसिक गुलाम बनाउनु हो ।
 
 
हाम्रो देशको अर्को खराब कुरा केहो भने अन्ध धर्मले जन्माएको कट्टरता हो  । हाम्रो समाजको पुरेत पन्थ र पण्डापन्थको कट्टरताले हाम्रा आँखाहरु बन्द भएका छन् । यो धर्म पन्थले संकिर्ण बनेको मस्तिष्क अरुका फरक बिचारलाई न सुन्न सक्छ न सम्मान गर्न सक्छ । यसले विश्वमा तीब्र रुपमा विकसित भैरहेको विज्ञान प्रविधिको विकास र त्यसले मानव जातिमा आईरहेको परिवर्तनलाई देख्न पनि चाहदैन् । यस्तो अज्ञानतामा रुमल्लीएको अन्ध धर्मको भुमरीभित्र रुमल्लीएको समाजमा जाती वर्गभेद, वर्णभेद र गरिबीको अन्त्य कसरी होला र कसरी समुन्नत समाजको निर्माण होला ? यसको जवाफ आजका नेपालका राजनीतिक दलहरुसँग भेटिदैन । 
 
 
कतिपय राजनीतिक दलको नेतृत्व आफै अन्ध विश्वासको भुमरीमा जाकिएको छ । कतिपय यसबारे चिन्तन मननबाटै धेरै टाढा छन् । आज हामीले राज्य सञ्चालनमा जुन निर्वाचन प्रणाली अपनाईरहेका छौ त्यसलाई नेटो र जी सेवेनको नाममा कम्पनीतन्त्र, धनाढ्यतन्त्र र शासनमा निरंकुशतन्त्रलाई मलजल गरेर विश्वमा आफ्नो वर्चस्व कायम राख्न अगाडि बढेका माथिका संगठनमा संगठित पश्चिमा मुलुकहरूले निर्वाचनमा ठूलो धनराशि खर्च गरेर शत्तामा एजेन्टहरु पठाउने कोसिस गरिरहेका छन् ।
 
 
आज हामी यस्तो विश्वासमा छौ यी पश्चिमा देशहरु केही शक्तिशाली राष्ट्रका भुभाग बाहेक सिङ्गो पृथ्वीलाईनै आफ्नो निजीसँम्पत्ति ठान्दछन् । आज वास्तवमै भन्ने हो भने संसारका धेरै देशका सरकारहरु धनको लोभले गर्दा उनीहरूकै नियन्त्रणमा छन् ।
 
 
आज उनीहरू पुनःनयाँ ढंगले विश्वको भागबण्डा गर्दछन् र उनीहरुको प्रतिस्पर्धामा आउन सक्ने सम्भावना भएका मुलुकहरुलाई कमजोर बनाउन छिमेकीसँग टसल बढाएर युद्ध भडकाउने प्रयत्न गर्दैछन् । पछिल्लो समय युक्रेनलाई रुस विरुद्ध उचालेर नेटोमा छिराउने योजना यसको ताजा र ज्वलन्त उदाहरण हो ।
 
 
यिनै शक्तिहरुले संसारको भागबण्डा गरेर सबै कुरा आफ्नो नियन्त्रणमा राख्नको लागि १९१४ देखि १८ सम्म पहिलो विश्वयुद्ध चलाए । तर त्यसबाट उनीहरूले ठूलो क्षति ब्यहोर्नु प¥यो त्यसको १५ वर्र्षपछि १९४१ बाट दोस्रो विस्वयुद्ध सुरु गरे । दोस्रो विश्वयुद्धमा आफुले उपनिवेश बनाएका धेरै भुभागबाट अमेरिका, वेलायत, जापान, जर्मनी जस्ता मुलुकहरु नराम्रो क्षति व्यहोरेर पछाडि हटे । 
 
 
दोस्रो विश्वयुद्धको समाप्ति २०५० देखि २०७९ सम्म विश्वमा मद्यम बर्गको बाहुल्यता बढ्दै गयो । शिक्षा र टेक्नोलोजीमा यसै वर्गको बाहुल्यता भएको र समाजमा संख्याको हिसाबले पनि ठूलो जनसंख्या भएकोले यो बर्गको हातमा रहेको पूजी तेस्रो मुलुकमा धनाढ्य मुलुकको प्रतिकार गर्न हतियार किन्न समेत पर्याप्त हुने आँकलन पछि नेटामा सँगठित देशहरू संसारबाटै मध्यम बर्गलाई तल झार्न उसको सम्पत्ति कब्जा गर्ने योजनामा लागे । आज उनीहरू संसारको भागबण्डा गरेर सम्पूर्ण कुरा आफ्नो नियन्त्रणमा राख्न चाहन्छन् । सम्पूर्ण धन सम्पूर्ण शासन सम्पूर्ण खानी ती देशमा रहेको युरेनियम कब्जा गर्ने उनीहरुको अहिलेको उदेश्य हो । 
 
नेपालमा प्रवेश गरेको एमसीसीको उदेश्य यसैको एउटा रुप हो । नेपाली कांग्रेसका अर्थमन्त्रीद्धारा संसदमा छिराउन नसकेपछि आफुले प्रयोग गरिरहेको सजिलो मानिस युवराज खतिवडालाई नेपालका तत्कालीन प्रधानमन्त्री केपी ओेलीलाई प्रयोग गरेर संसदभित्र गुपचुप छिराउने कोसिस गरियो । तर सभामुख कृष्णबहादुर महराको बुद्धिमानीपूर्ण कदमले त्यो वेला रोकिन पुगेको थियो ।
 
 
नेटो गठबन्धनको मुख्य हमला आजको मध्यम पूजीपति बर्गमाथि छ । उसले आफ्ना एजेन्टहरुका आईएनजिओहरु खोलेर वेल्र्ड बैंकका कर्मचारी मार्फत यस्ता राज्यमा कार्यपालिका राज्यका पदाधिकारी र सञ्चारको ठूलो हिस्सा किनेको छ । गरिबी उन्मुलन र सहायताको लोभ देखाएर यो कम्पनी तन्त्र र निरंकुश तन्त्रलाइ प्रजातन्त्रको खोल ओढाएर भित्र छिरेको धनाढ्यतन्त्रको गठबन्धनले हाम्रो जस्तो देशमा रहेका महत्वपूर्ण खानिहरु जल, जंगल र जमिन कब्जा गरेर उत्पादनको वृद्धिलाई समेत रोकेर आयातमुखी बनाउने र उत्पादनका सम्पूर्ण कुरा कब्जा गर्ने नियतका साथ उनीहरू मध्यम पुजीपती बर्गमाथि धावा वोल्नको निम्ति एमसीसी जस्ता गुलिया तर बिशाक्त प्रस्ताव लिएर यहाँ प्रवेश गर्न खोजिरहेका छन् ।
 
 
यो नेटो गठबन्धनबाट संचालित धनाढ्यतन्त्रले विश्वको श्रमजीवी वर्ग र मध्यम वर्गलाई निरन्तर सडक तिर पन्छाउदै छ । श्रमिक वर्गमाथिको उसको हमला सदा सर्वदा देखि थियोे भने मध्यम पूजीपति बर्गमाथि यो नेटो गठबन्धनको आँखा कहिलेदेखि लाग्यो? पहिलो विश्वयुद्धमा साम्राज्यवादले ब्यहोर्नु परेको क्षति १८५७ मा भारतमा अंग्रेज बिरोधी बिद्रोहमा अंग्रेजले ब्यहोरेको क्षति, दोस्रो विश्वयुद्धमा चिनसँग पराजित भएको जापान र अमेरिका, साठीको दशकमा भियतनाम, लाओस र कम्बोडियमा अमेरिकाले खानुपरेको हार र ब्यहोर्नु परेको क्षतिको नेटोको १९७९ मा बसेको बैठको समिक्षापछि यिनिहरु के निश्कर्षमा पुगे भने “शैनिक शक्ति हतियारको शक्ति र पैसाको शक्ति हामीसँग थियो तर हामीलाई कुन शक्तिले हरायो? “उनीहरू के निश्कर्षमा पुगे भने मध्यमवर्ग संख्याको हिसाबले ठूलो भएको राष्ट्रवादको नारा उरालेर सडकमा भिड जम्मा गर्ने क्षमता भएको पैसा कलेक्सन यसै वर्गबाट हुने भएकोले यो वर्गको सम्पत्ति कब्जा नगरी ती मुलुकमा हाम्रो आधिपत्य कायम हुन सक्दैन भन्ने अवधारणामा पुगे । 
 
यो निश्कर्ष पछि उनीहरूले आफ्ना एजेन्टहरु अर्थमन्त्री बनाउन सफल भए । देशमा साना र मध्यम पूजीपति वर्गको ढाड सेक्ने हिसाबले ट्याक्स अगाडि सारे । अन्तर्राष्ट्रिय धनाढ्यतन्त्रसँगको सांठगांठमा दलालपूजीपती वर्ग र नोकरशाही पूजीपती वर्गले राज्यको कर्मचारी तन्त्रलाई आफ्नो नियन्त्रणमा लिएको छ । कर छली र राजस्व छलिबाट आफ्नो धन चुलीमा पु¥याएको चुनावमा धनराशि खर्च गरेर जिताएको शत्तासिन शासकसँग बलियो साँठगाँठ भएको र राजस्व छलिको भागबण्डामा भएकोले उसलाई पाँच सयको सामानमा एक हजार ट्याक्स लगाएपनि कुनै फरक पर्दैन् । बढेको ट्याक्स मध्यम र साना पूजीपतिको टाउकोमा पर्ने हो ।
 
लेखक न्यौपाने नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता हुन् ।