विशाल नेपाल जोगाउँनका लागि सबै नेपाली एक हौं

श्रावण ०४,२०७७

siddhartha-adhikari

-सिद्धार्थ अधिकारी

साउन ४, २०७७ काठमाडौं ।
आज हाम्रो देश नेपाल विदेशीहरूको चंगुलमा फसेको छ । दक्षिणतर्फको छिमेकी मुलुक भारत उत्तर तर्फ रहेको चीन दुवै तर्फका छिमेकी मुलुकहरुले नेपालको भूमिमाथि आँखा गाडिरहेको स्थिति छ ।
 
सदियौंदेखि नेपाल एक स्वतन्त्र अखण्ड सार्वभौमसत्ता मुलुक रहेको र पौराणिक समयदेखि नेपाल कुनैपनि मुलुकको पकडमा गएको इतिहासमा अहिलेसम्म देखिएको छैन । 
 
यो मुलुक सन् ८८० पूर्वको स्थिति प्राचीनकाल १७६८ सम्मको ८८८ वर्षको काललाई मध्यकाल र १७६८ देखि हालसम्मको काललाई आधुनिक इतिहास वा आधुनिक काल भन्ने गरिएको छ ।
 
यो बीचमा नेपालको ऐतिहासिक, राजनैतिक, सामाजिक, धार्मिक, भौगोलिक, सांस्कृतिक अवस्था मौलिक प्रकारको रहेको थियो ।
 
हामीले १७६८ देखि अहिले सम्मको स्थितीलाई पाँच भागमा विभाजन गरेका छौं । १७६८ देखि १८४६ सम्म शाहवंशीय काल १८४६ देखि १९५० सम्मको काललाई राणाकालीन २००७ सालदेखि २०१७ सालसम्म प्रजातान्त्रिक काल विसं २०१७ साल देखि २०४६ सालसम्म पंचायती काल २०४७ देखि हाल २०६३ सम्मको काललाई राजतन्त्रात्मक बहुदलीय व्यवस्था विसं २०६५ सालदेखि अहिलेसम्मको  स्थितीलाई गणतन्त्रात्मक मुलुक भनेर विभाजन गरिएको छ ।
 
२०३४ सालपछि बहुदलीय व्यवस्थाको स्थापना भयो । मेरो नेपालको राजनीति निकै तरलताको स्थितिमा पुगेको देखिन्छ किन भन्दा त्यसपछि राजनीतिमा छाएका राजनीतिक पार्टीका नेता कार्यकर्ता अरु मुलुकका शासकहरुले नेपालका शासकहरुलाई आफ्नो देशको हित अनुकुल हुनेगरि नेपालको नीति नियम कानुन नेपालको राजनीतिक व्यवस्था सञ्चालन गर्न लगाउने भएको कारण नेपालको राजनितिक स्थिति निकै समस्यामा रहेको स्थिति अहिले छ ।
 
२०७२ सालमा नेपालको संविधान जारी भएको छ । यो संविधानलाई परम्परागत शक्तिमा आधारित राजावादीले मधेसवादीले जनजातिले आदिवासीे लगायतका संघ संगठनहरु, दलहरुले र व्यक्ति विशेषले संविधानको विरोधमा आवाज उठाइरहेका छन् ।
 
कोही कोहीले संविधान जलाए र कोही कोहीले अहिले पनि त्यो संविधानलाई आफ्नो अधिकारको दुश्मन ठानिरहेका छन् ।
 
अर्कोतर्फ मधेसवादी दलहरुले विभिन्न समयमा नेपालको हित विपरितका मागहरू राखेर पनि आन्दोलन गरेको यहाँहरुमा थाहा भएकै कुरा हो ।
 
२०७२ साल नेपालको संविधान निर्माण भएको वर्ष नै नेपालमाथि भारतले नाकाबन्दी गरेको तपाई हामीलाई थाहा भएकै कुरा हो ।
 
२०७२ सालमा भूकम्पको मारमा परेर हामीले आफ्ना प्यारा नेपाली दाजुभाई दिदीबहिनीहरुलाई धेरै संख्यामा गुमाएका थियौं । अर्को तर्फ भारतले लगाएको नाकाबन्दीले नेपाली जनतामा थप कष्ट थुपादिएको स्थिति थियो ।
 
यस्तै ब्रिटिस इस्ट इण्डीया कम्पनीको सरकारले लिएको नेपाल नीति र अहिले भारतले लिएको नेपाल नीतिमा कुनै पनि फरक परिरहेको स्थिति छैन ।
 
सन १८१६ मा भएको सुगौली सन्धि देखि विभिन्न प्रकारको इस्टइन्डिया कम्पनि र भारत स्वतन्त्र भएपछि पनि विभिन्न प्रकारका सन्धि सम्झौताहरू भारतसँग गरिएका छन् । ति सबै सन्धी सम्झौताहरु भारतलाई फाइदा हुने र नेपाललाई बेफाइदातिर धकेल्ने सम्झौताहरु गरिएका छन् ।
 
नेपालको कुल भूभाग मध्ये एकतिहाई भूभाग हामीले गुमाउनु परेको स्थिति छ । जो हामी नेपाली मूलका व्यक्तिहरु पूर्व टिस्टादेखि पश्चिम काँगडासम्म उत्तर चीनले पनि तिब्बतमा रहेको केही दक्षिणतर्फ गंगा गण्डक सम्मको अर्थात अहिले उक्त ठाउँलाई प्रयाग भन्ने गरिन्छ ।
 
प्रयाग सम्म नेपालको भूमि रहेको थियो साथै हाम्रो फुलबारी बन्दरगाह थियो । तर हामीले पूर्व टिष्टा पश्चिम काँकडा र दक्षिण तर्फका भागहरु र उत्तरतर्फका भागहरु हामीले असमान सन्धिकै कारण हामीले गुमाउनु परेको स्थिति छ ।
 
अहिलेको वर्तमान अवस्थामा हामीले चाल्नुपर्ने कदमहरु भन्दा भारत, चीनसँग र विश्वका जुनसुकै मुलुकसँग पनि गरेका सन्धिहरु सम्झौताहरु, असमान सम्पूर्ण सन्धिहरु रद्द गरि नयाँ किसिमको परराष्ट्रनीति तथा नयाँ किसिमको विदेश नीति र नयाँ किसिमका सन्धिसम्झौता गर्नुपर्ने अपरिहार्य रहेको छ ।
 
तर अहिलेको वर्तमान दुई तिहाई सरकार त्यो भन्दा अगाडिका मिलिजुली सरकार, खिचडी सरकार, पहिला पञ्चायतकालको सरकार, त्योभन्दा पहिला राणाकाल र प्रजातान्त्रिक काल कुनैपनि कालखण्डमा नेपालको आफ्नो हैसियत कायम गर्ने जुन किसिमका सन्धि सम्झौताहरू गर्नुपर्ने हो त्यो नगरिकन एकतर्फी विदेशीलाई फाईदा हुने खालको र आफ्ना देशका भूमि विदेशीलाई जाने खालका काम गरिएको छ ।
 
गरेका सन्धि सम्झौता लाई तुरुन्त खारेज गरियोस् भन्ने म राख्न चाहन्छ । अर्को कुरा जुन सरकार अहिलेको स्थितिमा कालापानी लिपुलेक र लिम्पियाधुरा समेटर जुन प्रकारको नक्सा संसदबाट पास भएको छ यसलाई स्वागत पनि गर्न चाहन्छौं र बिरोध पनि गर्न चाहन्छु ।
 
भारतद्वारा हामीले पूर्व टिस्टादेखि काँकडा उत्तर टासिहेल्पु दक्षिण गंगा गण्डक संगम सम्मको भूभाग समेटेर नक्सा निकाल्नुपर्ने थियो । त्यसमा पहल नगरी गर्न एकतर्फी रुपमा थोरै मात्र जमिन नेपालको नक्सामा समेटिनु यो एउटा राम्रो कुरो होइन र नेपाल र नेपालीका लागि शुभ संकेत पनि होइन ।
 
अबको आन्दोलन भनेको हामीले पूर्व टिस्टादेखि काकडा उत्तर टासीहेल्पुदेखि दक्षिण गंगा गण्डक सम्मको भुभाग समेट्नेगरी नक्सा जारी गर्नको निमित्त वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली ज्यूलाई पनि हार्दिक अनुरोध गर्न चाहन्छु ।
 
साथै रामको जन्मभुमिको बारेमा प्रधानमन्त्रीबाट जुन अभिव्यक्ति आएको छ यसको म सहर्ष स्वागत गर्न चाहन्छु ।
 
राम जन्मेको जन्मभूमि नेपाल मै हो र पूर्वीय दर्शन जे जति लेखिएका छन् ती लेखेका सम्पूर्ण दर्शनहरू लेख्ने ऋषिहरूको अथवा त्यसका प्रवर्तकहरु पनि नेपालमै जन्मिएको पनि यहाहरुलाइ अवगत गराउन चाहन्छु ।
 
पूर्वीय दर्शनमा जुन प्रकारले सांख्य दर्शन योग दर्शन, न्याय दर्शन, बैष्यशिख दर्शन, पूर्व मीमांसा दर्शन, उत्तर मीमांसा दर्शन, बौद्ध दर्शन, चार्वाक दर्शन र जैन दर्शनहरु लेखिएका छन् ति सबै दर्शनहरुका लेखक नेपालमै जन्मिएका हुन् ।
 
तर भारतियहरुले भारतमा जनिमएको भनि झुठो प्रचार गरिरहेका छन् ।
 
अन्तमा नेपालले जुन प्रकारको पूर्व पश्चिम उत्तर दक्षिण तर्फ गुमाएका भूमिहरु छन् त्यो फिर्ता लिनको निमित्त नेपालीहरुले फेरी आन्दोलनमा होमिन बाहेक अरु कुनै उपाय छैन ।
 
अहिलेका शासक मण्डलीहरु नेपालको हित भन्दा विदेशीहरुलाई कसरी जोगाउने र उनीहरुबाट रुपैयाँ पैसा फुत्काउने, देशमा गुण्डागर्दी गर्ने र गुण्डागर्दी गर्दै गरिकन चुनाव कसरी जित्ने र चुनाव जितिसकेपछि नेपालको ढुकुटी कसरी रित्याउने भन्ने कुरामा मात्र लागेका कारण नेपाल यस्तो स्थितिमा पुगेको छ ।
 
अब नेपालीहरु खाली सुतेरै बस्ने हो भने सधै निदाएको बाहना गरेर बस्ने हो भने र सधै पराधीन भएको अवस्थालाई स्वीकारेर बस्ने हो भने नेपालको अस्तित्व खतरामा पर्ने स्थिति देखिएकोले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई म हार्दिक अनुरोध गर्छु ।
 
नेपाल एकदम अप्ठेरो स्थितिमा पुगेको छ यो स्थितीलाई बचाउनको निमित्त हाम्रो शरीरमा एक थोपा रगत रहुन्जेल सम्म पनि हामीहरुले नेपाल र नेपाहीहरुकोे अस्तित्वका निमित्त वीर गोर्खाली भनेर जुन नाम रहेको छ त्यो नामलाई साकार पार्नका निमित्त साम्राज्यवादी र विस्तारवादी मुलुकहरलाइ गतिलो सबक सिकानका निमित्त हामी सम्पूर्ण नेपालीहरु एकजुट भएर आन्दोलनमा होमिन अनुरोध गर्दछु । सिद्धार्थ अधिकारी सामाजिक अभियान्ता हुन् ।