निर्मला पन्तका हत्यारा सार्बजनिक नहुनुको कारण– ‘सरकारले प्रहरीलाई दवावमा राख्यो’

श्रावण ११,२०७६

-

पत्रकार विनोद त्रिपाठी समसामयीक बिषयमा खरो रुपमा कलम चलाउँछन् । नेकपा माओबादीको जनयुद्धदेखि नै चर्चामा आएका र देखेको कुरा समाचारमा लेख्ने निडर पत्रकारको परिचय बनाएका त्रिपाठी आफ्नो बिचारमा अडिग एक सफल सम्पादक समेत हुन् । खासगरि, पछिल्लो पटक सरकार र सरकार संचालन दल नेपाल कम्युनिष्ट पार्टीको आलोचनामा उनले निकै शब्द खर्चेका छन् । आजै मात्र उनले निर्मला पन्तका हत्यारा पत्ता लाग्न नसकेका बिषयमा महत्वपुर्ण कुराहरु सार्बजनिक गरेका छन् । उनले फेसबुकमा सार्बजनिक गरेका शब्दहरु जस्ताको तस्तै –
 
विनोद त्रिपाठी–
  एक बर्ष नाघ्यो । बालिका निर्मला पन्तका हत्यारा किन पत्ता लागेन ? यसका खास केहि तथ्य छन् । यो बिषयमा जोडतोडका साथ हामीले गत बर्षदेखि नै धेरै समाचार प्रकाशित गरिसकेका छौं । मैले जिम्मेवारी सम्हालेको पत्रिकामा लगातार यो बिषयका समाचार प्रकाशित भएका थिए । अहिले म पत्रिकामा नरहेपनि त्यतिबेला संकलित बिषय, लेखेका समाचार, स्थलगत रुपमा त्यहाँबाट पत्रकार साथीहरुले पठाएका सुचनाजन्य समाचार, पीडित पक्ष, प्रहरी अधिकारी र बिभिन्न सामाजिक ब्यक्तिहरुका आधारमा अपराधी पत्ता नलाग्ने केहि कारण छन् । सधैभरि यहि मिडिया क्षेत्रमै भएको नाताले मैले लेख्दै आएका आलेखहरुबाटै छोटकरीमा पुन : जानकारी दिन चाहन्छु ।
 
१, निर्मला पन्तका अपराधी पत्ता नलागेको होइन । पत्ता लागेर पनि नभनिएको हो ।
२, बिश्व सुरक्षाकर्मी मञ्चमा नेपाल प्रहरीको काम तुलनात्मक रुपमा राम्रो मानिन्छ । इन्टरपोल लगायतका बिबरणले यो पुष्टि गरेको बिषय हो । तर, निर्मला पन्तको हत्याको सवालमा नेपाल प्रहरी सरकारबाटै दवाव सहन बाध्य भयो । सरकारले नै आफ्नै मातहतका निकायलाई दवाव दिएको नेपालको इतिहासमै संभवत यो पहिलो हो ।
३, पञ्चायत ब्यबस्थामा पनि नमिता–सुनिता हत्याकाण्डले यसरी नै चर्चा पाएको थियो । तत्कालिन बामपन्थीले त्यो बेला यस्ता बिषय खुब उठायो । पछि कम्युनिष्टहरु हत्या, हिंसा र आतंकको बाटोमा लागे । मान्छे मारे । त्यसलाई ‘जनयुद्ध’ भनिदिए । जनता रनभुल्लमा परे । हत्या चलिरह्यो । संसारमा बामपन्थीहरु अरुलाई दोष देखाउन माहिर मानिन्छन् । अरुलाई अपराधी भन्छन्, आँफै हत्या गर्छन् । यो गुण नेपालका कम्युनिष्टले मज्जैले सिकिदिए । 
४, निर्मलाको हत्यारा पत्ता लगाउन ७ दर्जन बढि ब्यक्तिका डिएनए परिक्षण गरिए । यो एक प्रकारको ‘खुल्ला सडक नाटक’ मात्र थियो । कन्चनपुरका स्थानीयहरुलाई अनाहकमा भयभित बनाइयो । 
५, हत्यारा पत्ता लगाउन गृहमन्त्रालयदेखि प्रहरी प्रधान कार्यालयसम्म र अन्य बिभिन्न निकायका आधा दर्जन छानविन समिति बने । यी समितिका प्रतिवेदन हुवहु उस्तै उस्तै थिए । खासमा हत्यारा कोहो भन्ने कुरा यहि समिति भित्रका सदस्यहरुलाई पहिल्यै सुचित गरिएको थियो । सबै सदस्यहरु सरकारकै दवावमा नाटकीय प्रतिवेदन बनाउन बाध्य भए ।
५, कांग्रेसका जितजंग बस्नेत, डिला संग्रौला, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे लगायतले लगाएका आरोपहरु सरकारले सुनेको नसुन्यै गर्यो । कारण थियो, बिजुक्छेकै सापटी शब्दमा ‘यदि निर्मला पन्तका हत्यारालाई कारवाही गरिएको भए यो सरकार ढल्ने थियो ।’
६, स्थानीयहरुको आवाज, मानवअधिकारबादीका बक्तब्य लगायत बिभिन्न बिरोधका स्वरहरु केवल हावामा फालिएको तीर मात्र थियो । किनकी, सरकार हत्यारा सार्बजनिक गर्ने बिषयमा निकै सजग थियो । र अहिलेसम्म सजग नै छ । सरकार समय लम्ब्याउन चाहन्छ । ताकी यो घटना स्वत सेलाएर जाओस ।
७, काठमाडौंमा प्रहरीका केहि उच्च अधिकारीहरु स्रोतले त्यतिबेलै भनेको थियो,‘सरकारले घटनालाई प्रहरीको मात्र जिम्मामा छोडिदिने हो भने क्षणभरमै हत्यारा सार्बजनिक गर्न सक्छौं ।’ तर, प्रहरी प्रधान कार्यालय र मातहतका निकाय गृहमन्त्रालयको मनोबैज्ञानिक दवावमा थिचिएको थियो र छ । 
८, निर्मला पन्तको हत्यापछि पनि देशभरमा यस्तै प्रकृतिका डेढ सय बढि हत्या, हिंसा, बलत्कारका अपराधी पत्ता लगाएर प्रहरीले सार्बजनिक गरिसकेको छ । कयौं जेल चलान भइसके । निर्मला पन्तको मात्र हत्यारा किन पत्ता लागेन वा हत्यारा किन सार्बजनिक गरिएन रु सबैले घोत्लिएर फेरि सोचौं । निर्मला पन्तको हत्यारा पत्ता लागेर पनि सार्बजनिक नगर्नुको मुख्य कारण यहि सरकार र यहि सरकारकै वरिपरीकै शक्तिशाली ब्यक्ति यो अपराधमा मुछिएर हो । 
९, खासगरि, कम्युनिष्टहरुको जग रक्तक्रान्तिबाट निर्मित हुन्छ । रक्त अर्थात रातो र रगतसंग कम्युनिष्टको जग बसेको हुन्छ । यो उनिहरुले नै भन्ने गरेका बिषय हुन् । हत्या, अपराध, आतंक, धरपकड, डर, भय, चित्कार, रोदन, ब्यभिचार, लुट, खरानी र सिद्ध्यादिने आदि शब्दहरु यहि रक्तक्रान्तिका मुलमन्त्रका इट्टाहरु हुन् । यहि जगमा टेकेर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी [नेकपा]ले संसदीय प्रणालीमा अवतरण गरिसकेको छ । त्यसैले, कम्युनिष्ट पार्टीलाई अपराध र चित्कारका बिषय सामान्य लाग्छन् । गृहमन्त्री राम बहादुर थापाले यहि कुरालाई पुष्टि गरेर भनिदिए, ‘ निर्मलाका जस्ता घटना भइरहन्छन् ।’ 
Image may contain: 1 person
१०, र अन्तमा, कम्युनिष्ट ब्यबस्थामा अपराधरहित समाजको कल्पना गर्नु ‘गोरु ब्याएर दुध दिन्छ’ भन्नु जस्तै हो । भलै नेपालका कम्युनिष्ट संसदीयधारमा अबतरण गरेका किन नहुन् । यसैले, ‘बंषाणुगत गुण कहिल्यै मेटिन्न’ भन्ने कुरा कहिल्यै बिर्सन हुँदैन ।