कोभिड-१९ मा यूवाको भुमिका

आषाढ ०५,२०७७

होम राज श्रेष्ठ

-होम राज श्रेष्ठ

असार ५,२०७७ काठमाडौं ।
एक प्रेमिका आफ्नो प्रेमी भेट्नको लागी बेसुरमा दौडिदै गइरहेकी थिइन् । होस थिएन, सिर्फ प्रेमी भेट्नु थियो दिमागमा प्रेमी बाहेक वारीपरीको कुनै कुरा याद थिएन । दौडदै जाँदा–जाँदा बाटोमा एउटा मुसलमान भाई आफ्नो पवित्र बस्त्र मुसल्लाह बिछ्याएर नमाज पढीरहेको थिए, उनलाई होस नै भएन उक्त बस्त्रमा पाउले टेकेर अगाडी बढीन् । मुसलमान भाईले भने, को बेवकुफ केटी हो जसलाई यो थाहा नै छैन म खुदाको तपस्यामा लीन छु भन्ने, उसले मेरो मुसल्लाहमाथि पाउले टेकेर हिडी ।
 
अब फर्किन त देउ यस केटीलाई काहाँ छाडछु र ? उ त्यहि बाटोमा कुरेर बस्यो । जब केटी फर्किदै थिई त्यसबेला उक्त मुसलमान भाईले भन्यो मुर्ख केटी एता आउ । तिमीलाई होस थिएन म खुदाको फिद्रतमा लीन थिएँ तिमीले मेरो तपस्यालाई भगं गरीदियौ । यो पवित्र बस्त्रलाई तिमीले अपवित्र बनाइदियौ । उक्त केटीको आँखाबाट आँसु आयो । उ डराइ अनि ओठ कपाउँदै भनी मलाई माफ गरिदिनु दाई मबाट महान पाप भयो । मबाट धेरै ठूलो भुल भयो । म जीन्दगीमा तपाइसँग क्षमा माग्दछु । 
 
मेरो पापको प्रायश्चित गर्दछु । तर मेरो मनमा एउटा प्रश्न आइरहेको छ । म सांसारिक प्रेमको बन्धनमा बन्धित थिएँ, मलाई थाहा नै भएन मैले तपाइको पवित्र बस्त्रमा टेक्न पुगेछु । तपाई अल्लाहको ध्यानमा मस्त हुनुहुन्थ्यो, तपाइलाई कसरी थाहा भयो मैले तपाइको पवित्र बस्त्रमा टेकें भन्ने ? कसरी थाहा भयो ? 
 
बालकको लामो भविस्य वृद्धको लामो इतिहास सहि ढंगले सदुपयोग गर्ने भनेको युवाले हो शक्तिशाली उर्जाशिल उमेर युवा हो अध्यारो बाट उज्यालो तर्फ अगाडी बढ्न सक्ने सुन्दर भविस्यको मार्गदर्शन गर्न सक्ने उमेर हो । युवा प्रेम, सत्मार्ग, व्यावसाय, आन्दोलन, तथा नेतृत्वमा आफ्नो अरुको भबिस्यको लागि नकारात्मक सोच बाट सकारात्मको उज्यालो बाटो तिर लम्कने उमेर हो युवा खोला र नदिले समुन्द्र बने झै अवसरको खोजी गर्दै अगाडी बढ्न युवा बाटै सम्भब छ । युवाहरूलाई उपेक्षित गरि समाज रुपान्तरण असम्भव छ । 
 
आज कोभिड-१९ ले बिश्व अक्रान्त छ अविकसित मुलुकको कुरा अहिलेलाई थाती राखेर यसो हेर्ने हो भने पनि युवा बेरोजगार बढ्ने निश्चितै छ, यस्मा दुई मत छैन । कोभिड-१९ को महामारीले गर्दा विप्रेषण आयमा व्यापक कमि आउनेछ । हाम्रो देशमा पनि बेरोजगारी ह्वात्तै बढेर जाने छ । यो दर युवामा अत्यधिक हुने छ । युवाहरुमा डिप्रेसनको सिकार हुने छ । 
 
अब अघि माथी एउटा लघुकथामा उठाएको केही प्रसंग यहाँ जोड्न चाहे तपस्यामा बस्ने ब्यक्तीको ध्यान तपस्यामा हुनु पर्छ तर उस्को ध्यान कतै छ भने उस्को तपस्या कसरी सफल हुन्छ ? हो त्यसै गरि जिम्मेवारी ठाउमा बसेको ब्यक्तिको ध्यान केमा छ ? समस्या समाधानमा छ की छैन ? कि ! आफ्नो आफन्त तिर मात्रै छ ? देशभरको अबस्था के छ ? कोभीड-१९ को सायद हामी युवा जति जानकार छौ त्यति जानकार जिम्मेवारी ठाउँमा बस्ने ब्यक्तिको पनि होला ! सायद यो संगै वैदेशिक रोजगारीमा गएको ठूलो हिस्सा युवा स्वदेश आउदै छ, नेपालमै पनि एउटा ठूलो तप्काका युवा बेरोजगार हुने सम्भावना छ । समस्या धेरै छ अरु कसैलाई दोष दिएर कोहि उम्कन सक्दैन इतिहासकै शक्तिशाली सरकार छ युवालेहरुले धेरै आशा गरेको छ बर्तमन सरकारबाट निरासा व्यक्त गर्न थाली सकेको छ चियापसल देखि घरको चुला सम्म ।
 
लकडाउनले ब्यापार ब्यवसाय चौपट भएको छ । बैंकको ब्याज र किस्ता तिर्न नसकेर हालत खराब भएको छ । बैँकबाट किस्ता र ब्याजको लागि तारानतार फोन आउन थालेको छ । बैँकको प्रतिनिधीहरु घरमै आउन थालेको छ । सरकारले पनि हातखुट्टा बाधेर पौडिन जाउ भनेर पोखरी धकेलिदिएको हामिलाई अनुभुति भएको छ । अहिले सम्पुर्ण ब्यापार ब्यवसाय बन्द गराएर अग्रिम कर बुझाउन अल्टिमेटम दिएको छ । झन घर भाडामा लिएर ब्यवसाय गर्नेको कुरै नगरौँ । 
 
घरबेटिले पनि बैँकबाट कर्जा लिएको हुन्छ, त्यो कसरी तिर्ने भाडा ठप्प भएपछि । श्रमिकहरुको पनि तलव दिन सकिरहेको छैन त्यहि तलवले घरपरिवारको जिविकोपार्जन गर्नेको त दैनिकी जिवन झन झन दयनिय बन्दै गएको छ । 
 
अब समाधान यसरी पनि हुन सक्छ कि ?
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले कोरोना भाईरसको संक्रमणबाट बच्दै लकडाउन खुकुलो बनाउदै तीन चरणमा संक्रमण नियन्त्रणको बिशेष सुझाब दिएको छ ।
आकास्मिक सेवा र स्वास्थ्य संस्थाहरुको ब्यबस्थापन गर्नु पर्ने (सिडिसी) को सल्लाह छ । स्थानीय तहमा कोरोना परिक्षण र उपचारको लागि विशेष कार्यक्रम ल्याउन (सिडिसी) ले सरकारलाई सल्लाह दिएको छ ।
 
  • १ बिदेशबाट आएको खाद्यान्न हाम्रो चुलामा सहजै पुग्छ तर नेपाली उत्पादन किसानको खेतबारीमै नष्ट गर्नु परिरहेको छ त्यस्को कसरी समाधान हुन्छ तत्काल सम्बोधन गर्नु पर्छ, 
 
  • २ विदेशबाट आएको युवाहरुलाई सम्बन्धित दक्ष काममा स्थानीय सरकारको पहलमा वा युवा स्वरोजगार मार्फत लगाउने,
 
  • ३ विश्व स्वास्थ्य संगठनले कोभिड-१९ पुर्ण रुपले ठिक हुदैन भनिसकेकोले सचेतना अपनाउदै उद्योग कलकारखाना व्यावसाय सुचारु गर्नुको विकल्प छैन,
 
  • ४ विकसित मुलुकहरुले विभिन्न मोडालिटीबाट बजार खुलाउन थालिसकेको छ बन्दाबन्दिको विकल्प त्यसैको कपि गर्दै बजार क्रमश खुलाउनु पर्छ,
 
  • ५ सरकारी निकाय संग पुर्ण पारदर्शिता सहित निजि क्षेत्रसँग सहकार्य गरेर तापक्रम लिने, पन्जा, माक्स, सेनिटाइजर लगाएत अन्य सावधानी अपनाएर व्यावसाय संचालनमा ल्याउने,
 
  • ६ उदाहरण को लागि रेष्टुरेन्ट को लिउ “टेक होम” र होम डेलिभरी टेबल दुरि राखेर रेस्टुरेन्ट संचालन गर्ने सकेसम्म उभिएरै सेवा लिनेदिने अभ्यास गर्न सकिन्छ । नोटः क्रेडिट कार्ड किटानु मुक्त 
 
(डिसइन्फेक्ट) गरेर मात्रै अर्को ब्यक्तिले लिने मेनु, बिलबुक लगाएत सामान पनि किटाणु मुक्त 
(डिसइन्फेक्ट) गरेर मात्रै प्रयोगमा ल्याउने गर्नु पर्छ ।
 
श्रेष्ठ फाष्टफुड एसोसिएसन नेपालको महासचिव हुन् ।