प्राकृतिक विपदमा जनधनको क्षतिः जिम्मेवार नागरिक कि सरकार ?

आषाढ ०४,२०७८

Dolma Yangchen Lama

-डोल्मा याङ्गच्छेन लामा

असार ४,२०७८ काठमाडौं ।
  • डोल्मा याङ्गच्छेन लामा-
बर्षेनी बाढिपहिरोका घटना नभएको सायदै नहोला । नेपालमा मात्र हैन विकसित देशमा पनि प्राकृतिक प्रकोपले ठुलै जनधनको क्षेति व्यहोर्नपरेका घटनाहरु बेलाबखत आइरहन्छन् । नेपाल पनि त्यही देश हो जहा विपदले वर्षेनी ठुलै नोक्सान पुर्‍याईरहेको हुन्छ । फरक यो छ विकसित देशमा विपद व्यवस्थापन चुस्त दुरुस्त हुन्छ र पछि हुनसक्ने घटनाबाट जोगिन सचेतनामुलक कार्यहरु बेलैमा गरिन्छ ।
 
तर नेपाल तेस्तो देश हो जहा पटक पटक प्राकृतिक प्रकोपले ठुलो नोक्सानी पुर्‍याएको हुन्छ । त्यसलाई चाडै विर्सेर व्यवास्ता गरिन्छ र पुनः सोही स्थानमा जिन्दगीको खोजी गरिन्छ । हो यही विपद व्यवस्थापनको फरकले हामी नेपालीहरुले पटक पटकका ठुला प्रकोपहरुबाट नोक्सानी खेप्नुपरिरहेको ।
 

सिन्धुपाल्चोक, कास्की, मनांङ, बागलुङ लगायत पहाड र तराईका धेरै जिल्लाहरु कैले खडेरी, कैले आगलागि, भूकम्प त कैले बाढि पहिरोजस्ता प्रकोपबाट बर्षेनी क्षति व्यहोर्दै आएका छौं ।

 
केही बर्ष अघिदेखी सिन्धुपाल्चोकले प्राकृतिक प्रकोपबाट लगातार क्षति व्यहोर्दै आएको सबैका सामु छर्लङगै छ । यस वर्ष पनि मानो रोपेर मुरी फलाउने सिन्धुका स्थानियको सपना असारको पहिलो दिनमै मेलम्चीको बाढिले क्षणभरमै तहसनहस पारिदियो ।
 
फाट खेतका घरामा रोपाईमा ब्यस्त हुनुपर्ने सिन्धुवासीलाई यतिबेला उनिहरु केहि साजसेवीले पु¥याएका राहतको भरमा विद्यालयका चिसा भुईमा बगर बनेका घर खेत टुलुटुलु हेरेर बस्नुपर्ने बाध्यता आइलागेको छ । भन्ने हो भने साच्चै यतिबेला सिन्धुवासीको अवस्था निकै नै दयनिय बन्न पुगेको छ ।
 
यस्तो घटनाको सिकार हुनु स्वयंम सिन्धुवासीको पनि अलिकति दोष देखिन्छ । किनभने वर्षेनी भैरहेका बाढि पहिरो र भूकम्प जस्ता प्रकोपबाट कैयन क्षेति भैरहदापनि विकल्प नसोचेर जहाको त्यही बस्ती विस्तार गरिरहनु ।
 
ल एकछिन नागरिकले त बुझेनन् । नेपालमा सिन्धुको जस्तो घटना एक पटक मात्र हैन अन्य जिल्लाहरुमा पनि दोहोरिएका दोहोर्‍यै छन् । यस्ता विपदबाट वर्षैनी नागरिकहरु बेपत्ता हुन पुगेका छन् भने कयौको मृत्यु हुने गरेको छ । के यस्ता प्राकृतिक विपदमा सधै नागरिकहरु जोखिममा परिरहनुपर्ने ? देशमा सरकार छ, स्थानिय जनप्रतिनिधि छन् ।
 
उनिहरुलाई थाहा हुनुपर्ने पटकपटक भैरहने र आइपर्ने प्राकृतिक विपदले ल्याउने सम्भावित घटना र त्यसबाट हुने क्षेतिबारे जानकारी । त्यतिमात्र नभई जनताको सुरक्षा र जिवनरक्षाका लागि कसम खाएर देशको तालाचावी सम्हालेको नेतृत्वले सम्झनुपर्ने होइन एकै ठाउमा वर्षेनी भैरहने क्षतिको विकल्प बारे ? 
 
हो नेपालमा एक दिन गाउँ पुगेर जनतालाई एक छाक खाना खुवाएर भोट जितेर आएपछि नफर्किने नेता र नेतृत्वको परिपाटीले सम्भावित प्राकृतिक जोखिम र विपदको मार खेप्नुपरेको हो तिनै नागरिकले । यदि नेता र नेतृत्वले आफ्ना बस्तीको ख्याल गरि बेलैमा त्यस्ता जोखिमयुक्त बस्तीलाई स्थानान्तरण गर्न सचेतनामुलक भुमिका खेलिदिएको भए सायद वर्षेनी यति ठुलो क्षति रोकिने पो थियो कि ?
 
 
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम/संकट निवारण तथा पुनर्लाभ ब्यूरोका अनुसार बाढी र पहिरो जोखिमको हिसाबले विश्वमा नेपाल ३० औं स्थानमा छ । तर, सबैखाले विपदबाट हुने जनधनको क्षतिमा बाढी पहिरोको हिस्सा झण्डै आधा छ । नेपालमा प्रमुख विपदका रुपमा देखिएको बाढी पहिरो जानु कमजोर भौगर्भिक अवस्था, विषम भूबनोट, मौसमी विषमता, नदीको प्रकृति भन्दा पनि मानव सिर्जित कारण प्रमुख छन् ।
 
अध्ययनका अनुसार नेपालको करिब ८३ प्रतिशत भूभाग हिमाल तथा पहाडी क्षेत्र छ जहाँ पहिरो, भूक्षय, हिमपहिरो र हिमताल विस्फोटकोे जोखिम छ । नेपालको वाषिर्क जलप्रवाह दर २ अर्ब २५ करोड घनमिटर छ ।
 
सरकार, आगामी दिनहरुमा यस्ता घटना आउनु अगावै व्यवस्थापन गरियोस्  सावधानी अपनाईओस् । अब आम नागरिक पनि सचेत बन्ने बेला भयो । मापदण्ड अनुसार घर बनाऔं । जथाभावी कलकारखाना, कृषि फार्म नबनाऔं । 
 
नागरिकको जिवनरक्षाका लागि आगामी दिनमा राष्ट्रिय विपद जोखिम न्युनीकरण नीति तथा रणनीतिक कार्य योजना लागु गर्दै थप क्षति हुनबाट जोगिने प्रयासहरु अबलम्बन गरियोस् ।