कु-राजनिती माथि विद्रोहको खांचो

बैशाख २८,२०७८

-आस्था न्यूज

मानविय चेतना ले संसारमा ल्याएका परिर्वतन र विकास मा हामी खुलेर बहसमा उर्तिदा लाग्छ ! मानिस स्वतन्त्रा र निर्भिकता साथ आफ्नो विकेक ले निर्णय गर्छ । खुला आकाशमा चरा उढेझै विश्वमा हामी आफना निति , एवम् दृष्टिकोण राख्न खुला हुनुपर्दछ । एउटा सानो घेरा मा मात्र सिमित नभई मानिसले संसारका हरेक ठाउमा विना अवरोध बाच्न पाउनुपर्दछ । यउटा विश्व प्रख्यात भनाइ छ नि तपाईलाई कसैले अन्याय र दमन गरिरहेको छ भने त्यसको विरोध र प्रतिरोध गर्न तपाई को धर्म हो   तर तपाई अन्याय र दमन विरुद्ध बोल्नु लाग्नु हुन्न भने तपाई लाई अन्याय र दमन  ठिक छ । जसरी पशुलाई नाम्लोले वाधेर एउटा सानो घेरामा राखिन्छ । हामी त्यस्तै सानो घेरा मानसिकता लिएर अगाडी वढ्ने कि हाम्रो चेतनामा सधै दमन ,शोषण र कुसंस्कार विरुद्ध वुलन्द आवाज उठाउने र विद्रोहको निम्ती तयार रहने । यो एउटा महत्वपुर्ण प्रश्न हो ? स्वार्थ प्रेरित अवसरवादमा लाग्ने हरुको कुनै आफनो भिजन हुदैन् । उनीहरु अवसर तथा व्यक्तिगत स्वार्थ सिद्धीमा लागीरहेका हुन्छन् ।

 

तर यहां व्यक्तिगत स्वार्थ भन्दा राष्ट्रिय स्वार्थलाई माथि राख्ने  देशभत्तहरु चेतना ले सधै गलत प्रवितिका विरुद्ध लडीरहन्छन् । नेपालको सन्र्दभमा हेर्दा आज कुराजनैतिक अभ्यासहरु दिनानुदिन चलीरहेका छन् । जनता सवैभन्दा माथी राख्नुपर्ने मा जनतामाथि खुल्ला रुपमा कुल्चेर कुर्ची ,पद, र पैसामा नाचीरहेका छन् । भ्रष्ट्राचारका नयां‐नयां रेकर्डमा आफुलाई उछीनिरहेका छन् ।  देश विकास र परिर्वतन हुनुको लागी कुनै वाद ले असर गदैन् मात्र शासन गर्ने शासकको दुर दृष्टी भिजन र राष्ट्रको लागी लगाव र अनुशासन ,पारर्दशिता र जवाफदेहिता भए पुग्छ । विश्वका शासन मोडेलहरुको अध्यन्न गर्दा राजतन्त्रात्मक,प्रजातान्त्रिक वा गणतन्त्रात्मक वा एकात्मक शासन प्रणाली भएका विश्वका अनेक देशहरुले विकासमा उत्कृष्टता एवम् नमुना ल्याएका छन् । भने हाम्रो जस्तो देशहरु जहां आपसी खिचातानी र राजनैतिक स्वार्थ तथा गुटगत मानसिकता द्धारा विभाजित राष्ट्रहरु आजपनि गरीवि ,भोकमरी र अभाव को सामना गदैछन् l

 

नेपालमा केवल राजनैतिक नारा र राजनैतिक प्रणाली र चेतना मात्र बदलीयो तर देश तथा जनताको आधारभुत जिवनस्थिरमा कुनै सुधार आएन् । नेता छान्ने ,प्रधानमन्त्री वा मन्त्री मात्र फेरर्ने कुराले मात्र यहां कुनै निकाश दिनेवाला छैन । निकास दिनु छ र राष्ट्र विकासमा टेवा पुयाउनु छ भने आआफनो क्षेत्रवाट गलत प्रवित्ति,व्यवहार र कुसंस्कारका विरुद्ध बौलौ । आवाज उठाउ । व्यक्तिगत गुटगत र निजी स्वार्थको लागी आफु लाई कसैको प्रयोग हुने साधन नवनाऔ । राष्ट्रको स्वार्थ पुरा गर्न सवैले आ आफनो ठांउवाट विद्रोहको सर्ख वजाई कुराजनिती र कुराजनितीमा संलग्न हरुका विरुद्ध विद्रोह गरौ ।

 

-जनक राज पन्त

बेदकोट ०९ कञ्चनपुर