समाजवाद चपाउने नभई देखाउने दाँत

मंसिर ०६,२०७८



मंसिर ६, २०७८ काठमाडौं ।
  • यज्ञप्रसाद भट्टराई
नेपालको संविधानको धारा ४ मा नेपाल समाजवादउन्मुख राज्य हो भनिएको छ । नेपालमा रहेका राजनीतिक दलहरुले आफ्नो विधान तथा  घोषणापत्रमा समाजवाद प्राप्तिको बाटोमा अग्रसर हुने तथा समाजवादलाई मूख्य आदर्श मानेको अवस्था छ। 
 
नेपालका प्रमुख दलहरु जसमा नेपाली काङग्रेसको विधानमा समाजवाद आदर्श रहने कुरा लेखिएको छ । नेपाल कम्युनिष्ट पाटी ९एमाले० को विधानमा समाजवाद प्राप्तिको बाटोमा अग्रसर हुने कुरा उल्लेख छ । 
 
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी) को विधानमा समाजवादको कुरा उल्लेख गरिएको छ। आयोगमा दर्ता कायम रहेका नेपाल कम्युनिष्ट पाटी  ९एकीकृत समाजवादी० समेत १२ वटा राजनितिक दलहरुको नाम नै  समाजवाद वा समाजवादी शब्दले बनेको अवस्था रहेको छ ।
 
त्यसैगरी आयोगमा दर्ता भएका  नेपाल कम्युनिष्ट पाटी मूल नाम रहेका करिव १३ वटा दलले आफ्नो विधानमा समाजवाद शब्दलाई मूल आदर्शको रुपमा अङगिकार गरेको अवस्था छ । 
 
यसरी हेर्दा धेरै दलहरुले समाजवादलाई आफ्ना दस्तावेजहरुमा लिपिबद्ध गरी राखेको पाईन्छ । 
 
 
नेपालका राजनीतिक दलहरुले समाजवाद शब्दलाई आफ्ना दस्तावेजहरुमा राखे जसरी नै ती दलको नेतृत्व लिने नेतृत्वकर्ता एवं दलका विभिन्न समितिमा रहने पदाधिकारी तथा सदस्यहरुको भाव , विचार , वोली , कार्य र व्यवहारमा समाजवाद शब्दको मर्म र अर्थले मेल खाएको छ वा छैन? यस विषयमा वहस र विश्लेषणको खाँचो रहेको छ । 
 
हाम्रा दलहरुको आदर्श  र विचारधारा समाजवाद हुने तर व्यवहारमा त्यसको ठीक विपरित कार्य गर्ने अवस्था देखिएको छ । यसतर्फ दलका कार्यकर्ता तथा सर्वसाधारण जनताले ‌औला ठडाउनु पर्ने अवस्था देखिएको छ ।
 
समाजवादलाई आदर्श मान्ने दल र ती दलको नेतृत्वकर्ता पदाधिकारी एवं सदस्यहरुको  आफ्नो व्यक्तिगत जिवन , पारिवारिक अवस्था, सामाजिक जिवन र दलमा हुने गतिबिधि र क्रियाकलापहरुमा के समाजवादको प्रयोग भएको छ? के उनीहरुले समाजवादको मूल्य मान्यतालाई आत्मसात गरेका छन?  के उनीहरुको व्यवहार समाजवादी मूल्य मान्यता अनुकूल रहेका छन? यी कुराहरुमा लेखाजोखा गर्नुपर्ने अवस्था देखिएको छ । 
 
 
समाजवादलाई आदर्श मान्ने नेताहरुले आफ्ना छोराछोरीहरुलाई विदेस वा स्वदेसकै महङगा नीजि स्कूलहरुमा पढाएछन । सामान्य विमार हुँदा समेत उपचार गर्न गराउन विदेशका अस्पतालहरुमा जान्छन वा स्वदेशका महङगा नीजि अस्पतालहरुमा उपचार गराउछन । 
 
आफ्नो र परिवारको नाममा सहरवजारमा ठूलाठूला महल  ठडाएका छन र विघौ विघा जग्गाजमिन खरिद गरेका छन । आफ्नो र परिवारको नाममा वैङक तथा वित्तिय संस्थाहरुमा नगद तथा सुनचाँदी थुपारेका छन । 
 
आफ्नो र परिवारको नाममा नीजि स्कूल , नीजि स्वास्थ्य संस्था तथा अस्पताल  , वैङक तथा वित्तीय संस्थाहरु एवं नीजि कम्पनीहरुमा लगानी गर्ने र त्यसको मुनाफा खाईरहने गरेका छन । 
 
त्यसैगरी देसका युवाहरुलाई वैदेसिक रोजगारीमा जान बाध्य पार्ने , भएका सार्वजनिक संस्थान र उद्योगहरु निजिकरण गर्ने , दुईखाले नीजि तथा सार्वजनिक शिक्षा र दुईखाले स्वास्थ्य प्रणालीलाई अपनाउने, उत्पादन र रोजगारी सिर्जना नगरी परनिर्भरता बढाउने, हुनेखाने तथा धनाड्यले समेत राज्यको कौडी पनि नछोडने,  जमिनको स्वामित्व राज्यमा नरही व्यक्तिमा हुने कार्यलाई पश्रय दिएका छन ।
 
यसरी आफ्नो चरित्र , व्यवहार र कार्य व्यक्तिवादी तथा पुजीवादी हुने तर भाषण समाजवादको गरेर समाजवाद कार्यान्वयन अवश्य पनि  हुदैन । 
 
त्यसैगरी उनीहरुको सोंच, विचार, शैली, कार्य तथा व्यवहार व्यक्तिवादी तथा पूजीवादी प्रकृतिको हुने तर दस्तावेज र भाषणमा मात्र हामी समाजवादी हौ भनेर सर्वसाधारण र सामान्य जनतालाई झूट वोलेर झुक्याउनु एक प्रकारको अपराध नै हुन्छ । यसखालको अपराध गर्नेहरुप्रति हामी मतदाता एवं नागरिकहरुले आँखा चिम्लिरहेको अवस्था छ ।
 
हामीले ती दल तथा नेताहरुलाई प्रश्न गर्न सकेका छैनौ । दलहरुले आफ्ना दस्तावेजहरुमा लेखेका सिद्धान्त र कार्यक्रमहरुलाई आफ्नो व्यवहारमा तथा नीजि जिवनमा कार्यान्वयन गरेका छन वा छैनन रु साथै सिद्धान्त र व्यवहारमा तालमेल छ वा छैन? त्यसतर्फ लेखाजोखा गरी ‍औला ठड्याउन सकेका छैनौ ।
 
ओशोले भन्नु भएको छ राजनीति एक खेल हो ,चलाख व्यक्ति यस्तो खेल खेल्छन तर मुर्ख व्यक्ति यसपर दिनभर चर्चा मात्र गर्दै रमाउछन् यस्तै अवस्था हाम्रो देसमा देखिएको छ ।
 
 
हाम्रो देसमा गरिव व्यक्ति झनझन गरिव हुदै गईरहेको छ, धनी व्यक्ति झनझन धनी हुदै गईरहेको छ, हुने र नहुनेको खाडल बढदै गईरहेको छ, रातारात कमाउने विचौलियाको जमात वढदै गईरहेको छ, परिश्रम गर्ने तथा मेहनत गर्ने ईमान्दार श्रमजिवी वर्गको अवस्था दिनप्रतिदिन गिर्दै गईरहेको छ,  आयात वढेर व्यपारघाँटा वढेको वढै छ, देसको नागरिक माथि ऋणभार थपिदै गईरहेको छ, परनिर्भरता वढदै गईरहेको छ, युवाहरु विदेसिने क्रम बढदो छ ।
 
यसप्रकारले देसको अवस्था दिन प्रतिदिन विग्रदै गएको अवस्थामा समाजवादी दर्शन लिएका दलका नेता तथा कार्यकर्ताले यसतर्फ वेवस्ता गर्ने तर आफ्नो जिवनशैली मात्र सुधारेर व्यक्तिवादी तथा पुजीवादी चरित्र अपनाएर समाजवादको भाषण गर्दै हिडदैमा समाजवादको मूल्यमान्यतालाई आत्मसाथ गरेको मानिदैन ।
 
 
समाजवाद शव्द अङग्रेजी भाषाको सोशल र ईज्म शब्दबाट वनेको हो । जसको शाव्दिक अर्थ समूह तथा  समाज वा समष्टीको वाद भन्ने हो । समाजवाद सोशलिज्म शव्दको शाब्दिक अनुवाद हो ।
 
सोशलिज्म विषयमा पहिलो लेख सन १८३४ मा  एष्भचचभ ीभचयगह द्धारा व्यक्तिवादको विपरित भन्ने अर्थमा प्रयोग गरी  प्रकाशित गरेका थिए । 
 
ततपश्चात उत्पादनका साधनको  स्वामित्व र नियन्त्रण व्यक्तिको होईन सम्पूर्ण समाजको हातमा रहनु पर्दछ भन्ने सिद्धान्तलाई जनाउन समाजवाद शव्द प्रयोग हुन थालेको हो । समाजवादलाई व्यक्तिवादको विपरित भन्ने भावमा लिईन्छ ।
 
समाजवाद खास कुनै लक्ष्य लिएर समाजलाई पूनर्गठन गर्ने कार्य हो । समाजवादको लक्ष्य उत्पादनका साधन समाजका केही सीमित व्यक्तिहरुको हातमा रहने र मानिसद्धारा मानिसको शोषणहुने व्यक्तिवादी एवं पूजीवादी चरित्रको समाप्त गर्नु नै हो । 
 
व्यक्तिवादको विरुद्ध विद्रोहको रुपमा समाजवादको उदय भएको हो । उत्पादनका साधनमा नीजि स्वामित्व रहने र व्यक्तिगत नाफाको निच स्वार्थको दलदलमा सम्पूर्ण नैतिकता नै डुवेको पूजीवादी एवं व्यक्तिवादी चरित्रलाई समाप्त पार्नु समाजवादको उद्धेश्य हो ।
 
समाजवाद मूलत समाजसंग सम्बन्धित रहेको हुँदा न्यायपूर्ण समाजको स्थापनाको लागि प्रयत्नशील रहन्छ ।समाजवादको प्रयोग समाजिक र आर्थिक व्यवस्थासंग सम्बन्धित रहन्छ । समाजवादले समाजमा समता सिर्जना गर्छ र सामाजिक सुरक्षा प्रदान गर्छ । 
 
देशको अर्थतन्त्रको स्वामित्व समाजसंग रही वस्तुको उत्पादन, नियन्त्रण र व्यवस्थापन समाजले नै गर्दछ । समाजवादमा सवैलाई वरावर अवसर र पँहूच हुनु पर्दछ र यसको सम्बन्ध समाज र समाजसुधारसंग रहने गर्दछ । मानिस समाजमा नै रहेर प्रकृतिले दिएका कुराहरु समानरुपमा सवैले उपयोग गर्न पाउनु पर्छ भन्ने मान्यता हो । 
 
समाजवाद एउटा समतामूलक लोकतान्त्रिक व्यवस्था हो, यसमा व्यक्तिको तुलनामा सम्पूर्ण समाजलाई बढी स्थान दिईन्छ । देसको सम्पूर्ण सम्पतिमा कसैको एकलौटी अधिकार हुन नदिई सवैले मिलेर परिश्रम गर्दै उत्पादन र उपभोगका साधनमा समाजको साझा अधिकार स्थापित हुनु पर्दछ भन्ने मान्यता समाजवादले राख्दछ । 
 
 
शिक्षा र स्वास्थ्यमा सरकारी स्वामित्व र नियन्त्रण रहनुपर्ने  र रोजगारको अभिवृद्धि गर्दै गरिवको आर्थिक स्थिति उकास्ने कार्य समाजवादमा हुनु पर्छ ।
 
 
हाम्रो देस नेपालमा अधिकांस राजनीतिक दलहरुले आफ्ना दस्तावेजहरुमा समाजवादलाई राजनीतिक सिद्धान्त मानेका छन । समाजवादलाई आदर्श मान्ने केही दलहरुले सरकारको नेतृत्व समेत गरेको अवस्था छ । 
 
साथै पटकपटक सरकारमा समेत गएका छन तर समाजवादलाई कार्यान्वयन गर्न सकेका छैनन । ती दल सञ्चालन गर्ने मूख्य नेतृत्व तथा पदाधिकारीहरुमा समाजवादी सोच, चिन्तन र शैली देखिदैन । चरित्र ,कार्य र व्यवहार पनि समाजवाद अनुकूल छैन ।
 
दलहरुले आफ्नो पाटीका संगठनहरु र गतिबिधिहरुमा पनि समाजवादको प्रयोग गरेको अवस्था छैन ।त्यसैगरी समाजवादी नीति ,योजना ,कार्यक्रम तथा क्रियाकलापलाई स्पस्टरुपमा अगाडि बढाउन सकेका छैनन । 
 
 
सिद्धान्त र व्यवहारमा तालमेल छैन । जहाँतही व्यक्तिवादी तथा पूजीवादी चरित्र हावी देखिन्छ । समाजवाद केवल दस्तावेज र भाषणमा शब्दमा मात्र सिमित हुन पुगेको छ । 
 
जवसम्म दलको नेतृत्व गर्ने नेता तथा कार्यकर्ताहरुले आफ्नो जिवनमा समाजवादको प्रयोग गर्दैनन तवसम्म समाजवाद कार्यान्वयनमा आउदैन । जवसम्म शिक्षा र स्वास्थ्य पूर्णरुपमा राज्यको जिम्मामा लिन सकिदैन तवसम्म समाजवाद लागु हुँदैन। जल, जमिन र जङगलको स्वामित्व पूर्णरुपमा राज्यमा नभएसम्म समाजवाद कोरा कल्पना मात्र हुन्छ ।
 
समाजवाद कार्यान्वयन गर्नलाई समाजवाद आदर्श मान्ने दल ,नेता र कार्यकर्ताको सोच, शैली, चरित्र, कार्य र व्यवहार समाजवादी देखिनु पर्दछ । समाजवाद लागु गर्नको लागि भ्रष्ट्राचार तथा अन्य गैरकानूनी कार्यगरी अकुत सम्पति आर्जन गरेका राजनीतिक व्यक्ति, कर्मचारी, सुरक्षाकर्मी, न्यायकर्मी लगायतका पदाधिकारीहरु तथा व्यक्तिहरुको सम्पतिको छानविन गरेर त्यस्तो सम्पति जफत गरेर राज्यकोष बढाउनु पर्दछ । 
 
 
चिनमा तङ स्याओफिङले चिनिया विशेषतासहितको समाजवादको निर्माण शुरु गरे र त्यसपछिका नेतृत्वले चिनिया विशेषतासहितको समाजवादलाई २१ औ शताब्दिमा अगाडि वढाएको हुँदा आज चिनमा तिव्र गतिमा विकास भईरहेकोले विश्वकै आर्थिकरुपमा सम्पन्न राष्ट्र हुनपुगेको छ ।
 
 
नेपालमा अव राजनितक दल र ती दलका नेताहरुले अन्धाधुन्दरुपमा अरुका कुराहरुको नक्कल नगरी तथा आफ्नो मौलिकतालाई नविर्षेर अन्धोरुपमा अरु राष्ट्रको विकासको मानचित्रहरुको नक्कल नगरी  आफ्नो देसको मौलिकता अनुरुपको नेपाली विशेषतासहितको समाजवादको अवलम्वन गर्नु पर्दछ ।
 
 
नेपाली विशेषतासहितको समाजवादले नै  नेपाल र नेपालीको रक्षा गर्दै हाम्रो राष्ट्रलाई विकासमा अगाडि वढाउन  सक्छ । निश्पक्षता र न्याय समाजवादका नैसर्गिक मान्यताहरु भएको हुदा यी मान्यतालाई व्यवहारमा कार्यान्वयन गरिनु पर्दछ  ।
 
नागरिकको भूमिकालाई राष्ट्रको मालिकको हैसियतमा पूर्णरुपमा परिचालन हुने वातावरण सिर्जना हुनु पर्दछ । समाजवादको लागि आर्थिक विकासमा केन्द्रित भई सर्वपक्षीय ,जनपक्षीय, योजनावद्ध, उचित, न्यायपूर्ण र दिगो विकासलाई अगाडि वढाउन सक्नु पर्दछ ।
 
मुलुकको शासनका सवै पक्षमा सुधारको लक्ष्य लिईनु पर्दछ । सामाजिक न्यायको सुनिश्चित गर्न उपयोगि संस्थाहरुको स्थापना गर्दै सामुहिक उन्नतिमा जोड दिदै नागरिकहरुले विकासको प्रतिफलको  निश्पक्षरुपमा हिस्सापाउन सक्ने अवस्था सिर्जना गरी सामुहिक समृद्धितर्फ अगाडि बढने प्रयत्न गर्नु आवाश्यक छ ।
 
 
समाजको शक्तिलाई उत्प्रेरित गर्दै सवै नागरिकहरुले सुखी र आनन्दित जिवन तथा राष्ट्रिय स्थायी शान्तिको आनन्द लिन सक्ने स्थितिको वातावरण वनाउन लागी पर्नु पर्दछ । 
 
 
शान्तिपूर्णरुपमा सवैको हितको लागि विकास अगाडि बढाउनु पर्छ । राजनीतिक दल तथा तिनका पदाधिकारीहरु र सरकारको नेतृत्वकर्ताले जनता एवं नागरिकहरुलाई संगठित गर्दै तिनीहरुसंग विचारको आदानप्रदान गर्ने र उनीहरुलाई शिक्षित गर्ने, सेवा गर्ने, जनताबाट सिक्ने र उनीहरुको हितका लागि कार्य गर्ने, उनीहरुको आवाश्यकताको पूर्ति गर्ने, उनीहरुको दुखकष्ट निर्मूल गर्ने, उनीहरुको जिवनलाई फाईदा पुग्ने खालका ठोस सेवा प्रदान गर्ने र जनताको हित विपरितका कार्यहरु वन्द  गरी नागरिकको परीक्षणको पात्र वन्न सक्नु पर्दछ । 
 
राजनीतिक दल र तिनका पदाधिकारीहरु भष्ट्राचार विरुद्ध लडदै राजनीतिक संस्कार र ईमान्दारिता प्रवर्द्धन गर्दै आफ्नो दललाई सधै स्वस्थ्य राखी राजनीतिक मान्यता सधै निरन्तर र  प्रष्टरुपमा हुनु पर्दछ । 
 
 
असल पार्टी संस्कार र भ्रष्टाचारमुक्त दल निर्माण गर्ने कुरा जनताको लागि सधै चासोको विषय हुनेहुँदा त्यसतर्फ सचेत रहनु पर्छ । राष्ट्रमा देखिएका समस्याहरुले जनतामा वेखुसी बढनुका साथै समाजमा विचलन आउनु र सरकार प्रति नागरिकको अविश्वास बढदै जाने स्थिति सिर्जना हुनुको मूख्य कारण भ्रष्टाचार भएकोले भ्रष्टाचारलाई बढन दिने र यसप्रति कठोर नहुने हो भने अन्तत्वगत्वा राजनीतिक दलहरुको  विनास हुन धेरै समय लाग्ने छैन यसर्थ दलका सबै तहका समितिहरु दृढतापूर्वक भ्रष्टाचारको विरुद्धमा लागी सबै राजनीतिक पदाधिकारीहरु सही र ईमान्दार छन र उनीहरुमा राजनीतिक ईमान्दारिता छ भन्ने कुरा जनतामा विश्वास हुनु आवाश्यक छ ।
 
दल र दलका पदाधिकारीहरु खासगरी उच्च तहको नेतृत्वले सचेतरुपमा आत्मअनुशासन पालना गर्नु पर्दछ र आफ्नो अधिकार तथा व्यक्तिगत सुविधा मात्र खोज्ने र  पदको दुरुपयोग गरिरहने अवस्था हुनु हुदैन ।
 
 
अत समाजवादी सिद्धान्तलाई आदर्श मानेका दल र तिनका पदाधिकारीहरुले समाजवादलाई प्रयोगमा ल्याउन सक्नु पर्दछ ।समाजवादी सिद्धान्तलाई व्यवहारमा उतार्न शासकीय पद्धतिको प्रयोगमा सुधार गर्दै भ्रष्टाचार एवं भ्रष्ट व्यवहार, विलासी तथा खर्चिलोपना, जनताबाट टाढिदै जाने स्थिति,  दोषपूर्ण विचार, निश्क्रिय मनोवृत्ति, फजुल खर्च तथा सिद्धान्त र व्यवहारमा असंगति जस्ता नकारात्मक स्थितिमा सुधार ल्याई राजनीतिक ईमान्दारिता देखिनु पर्दछ ।
 
 
त्यसैगरी समाजवादी नीति, योजना र कार्यक्रम बनाई सो अनुरुप कार्य गर्नुपर्दछ नत्रभने समाजवाद हात्तीका देखाउने दाँत वा चपाउने नभई देखाउने दाँतमा मात्रै सिमित रहने छ।