Trending :
 

नेप्से २३.२५ अकंले बढ्यो

आषाढ २६,२०८१

-आस्था न्यूज

असार २६, २०८१ काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.२५ अकंले बढेर २१७५.४० बिन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको १ करोड ५२ लाख ९६ हजार ७३९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ
 
आज सबैभन्दा धेरै आथवे इन्भेष्टमेन्टको सेयर  कारोबार भएको छ । आज यस कम्पनीको १५ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जानकी फाइनान्सको १४ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको ११ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
 
आज सबैभन्दा धेरै बलेफी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । एविएल डिबेञ्चरका इकाईधनीले ८.६६ प्रतिशतका दरले कमाएका छन् । सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले ८।३२ प्रतिशतका दरले कमाएका छन् । एसबिएल डिबेञ्चरका इकाईधनीले ८ प्रतिशतका दरले कमाएका छन् ।
 
आज सबैभन्दा धेरै बुद्ध भुमी नेपालका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।