जेठ ७, २०८० काठमाडौं । शेयर बजार लगातार चौथो दिन आज आइतवार पनि बढेको छ । हप्ताको पहिलो दिन आज शेयर बजार परिसूचक नेप्से पाँच दशमलव ८८ अङ्कले बढेर एक हजार आठ सय ८३ दशमलव २० विन्दुमा पुगेको छ । आज विकास बैंक, फाइनान्स, जलविद्युत् र उत्पादन समूहको शेयर सामान्य घटे पनि अरू सबै समूहको शेयर उकालो लागेको छ । होटल र बीमा समूहको शेयर उच्च अङ्कले बढेको छ ।
महालक्ष्मी विकास बैंकका ग्राहकलाई रेस्टुरेन्ट र सैलुनमा बिशेष छुट
२१ चैत्र २०७९ । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई रेष्टुरेन्ट र सैलुनमा बिशेष छुट प्राप्त हुने भएको छ । बैंकले देशको विभिन्न स्थानमा रहेको रेष्टुरेन्ट र सैलुनहरु संग सम्झौता गरी आफ्ना ग्रा