शुक्रबार तोलामा १ हजारले बढ्यो सुनको मूल्य
-आस्था न्यूज
असार १४, २०८१ काठमाडौं ।
शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहीबार ८ सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार प्रतितोला १ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४० हजार ८सय रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार तेजावी सुन प्रतितोला १ लाख ४१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुन प्रतितोला १ लाख १ लाख ४० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै,आज चाँदीको मूल्य पनि तोलाको १० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।