यस्तो छ शनिबार विदेशी मुद्राको विनिमय दर

३ दिन अगाडि

-आस्था न्यूज

असार १५, २०८१ काठमाडौं ।
आज २०८१ साल असार १५ गते शनिबार सन् २०२४ जुन २९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
 
शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर, युरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमयदर सामान्य अंकमा घटेको छ।
 
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा पुगेको छ।
 
युरो एकको खरिद दर १४२ रुपैयाँ ४८ पैसा र बिक्री दर १४३ रुपैयाँ १२ पैसा रहेको छ।
 
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३४ पैसा र बिक्री दर १६९ रुपैयाँ १० पैसा रहेको छ।
 
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।