आइतबार १४.८३ अकंले घट्यो बजार

३ दिन अगाडि

-आस्था न्यूज

असार १६, २०८१ काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.८३ अकंले घटेर २०३७.०९ बिन्दुमा बन्द भएको छ । आज ३२० कम्पनीको ९१ लाख ७८ हजार ८९५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६० करोड ७१ लाख ९८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
 
आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १२ करोड ८८ लाख रुपैयााको सेयर कारोबार भएको छ । जानकी फाइनान्सको ११ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यूनाइटेड इदी मर्दिको १० करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
 
आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७.०६ प्रतिशतका दरले कमाएका छन् । मैलुङ खोलाका लगानीकर्ताले ५.७६ प्रतिशतका दरले कमाएका छन् । नविल ब्यालेन्स फण्ड २ का ईकाईधनीले ५.३६ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी उन्नती कोषका इकाईधनीले ४ प्रतिशतका दरले कमाएका छन् ।
 
आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.३० प्रतिशतका दरले गुमाएका हुन् ।