Trending :
 

आइतबार सेयर बजारमा सामान्य गिरावट

आषाढ ०९,२०८१

-आस्था न्यूज

असार ९, २०८१ काठमाडौं ।
नेपाल स्टक एक्सेचञ्ज ५.३७ अकंले घटेर २०६२.९४ बिन्दुमा बन्द भएको छ । आइतबार ३१७ कम्पनीको ९५ लाख ६१ हजार ७२७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
 
आज सबैभन्दा धेरै पोखरा फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल फाइनान्सको १३ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिलायन्स फाइनान्सको १३ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
 
आज सबैभन्दा धेरै रिलायन्स फाइनान्स कम्पनी, गणपति लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त र मैलुङ खोला जलविद्युतका लगानीकर्ताले कमाएका छन् । आज यस यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नेपाल फाइनान्सका लगानीकर्ताले ९।९९ प्रतिशतका दरले कमाएका हुन् ।