भी३० स्मार्टफोनमा आकर्षक विशेषता र डिजाइन हुने अनुमान, प्रयोगकर्ताहरुमा उत्साह

फाल्गुण १८,२०८०

-आस्था न्यूज

फागुन १८, २०८० काठमाडौं ।
होटल सोल्टीमा बिहीबार आयोजित प्रेस मिटमा नेपाल आइडल सिजन–५ की जज इन्दिरा जोशीले रिलिज हुनै बाँकी नयाँ भिभो भी३० प्रयोग गरेको देखिएपछि स्मार्टफोन प्रयोगकर्ताहरुमा उत्साह थपिएको छ ।
 
यो नयाँ स्मार्टफोनको बारेमा विस्तृतमा सम्पूर्ण विवरणहरुको खुलासा भइसकेको छैन । यद्यपि यसको प्रारम्भिक झलकबाटै प्रयोगकताहरुले भी३० स्मार्टफोनमा आकर्षक विशेषताहरु र डिजाइन हुने अनुमान गरिरहेका छन् ।
 
यो नयाँ स्मार्टफोनले फोटोग्राफीका लागि धेरै सुविधा ल्याउँदै छ । यसको क्यामरामा विशेषगरि पोट्र्रेट खिच्न फोकस राम्रो छ । भी२९ को स्मार्ट कलर टेम्प्रेचर एडजस्टमेन्टको सफलतापछि, भी३० मा औरा लाइट पोट्र्रेट विशेषता छ, जसमा टाढाको दूरीमा रहेका वस्तुलाई पनि गुणस्तरीय पोट्र्रेटमा खिच्न मिल्ने डिस्टेन्स सेन्सेटिभ लाइटिङको सुविधा छ । यसका साथै यो स्मार्टफोनमा आकर्षक ग्रुप फोटोहरू र परिदृश्यहरू खिच्नका लागि शक्तिशाली ५० एमपी अल्ट्रा–वाइड–एंगल क्यामेरा आउने अपेक्षा गरिएको छ ।
 
इन्दिरा जोशीले प्रयोग गरेको देखिएकोे फोन भी३० क्लासिक ‘नोबल ब्ल्याक’ रंगमा रहेको र यो फोन विभिन्न डिजाइन विकल्पहरूमा आउने संकेत गरेको छ । पर्फमेन्सको सन्दर्भमा भी३० स्मार्टफोनमा ५००० एमएएच ब्याट्री र ८० वाट फ्ल्यास चार्ज आउनेछ । यो एक स्लिम फोन हुनुका साथै सहज प्रयोगकर्ता अनुभवका लागि स्न्यापड्रयागन ७ जेन ३ प्रोसेसर साथ आउनेछ । 
 
यो सेटले प्रिमियम लुक र स्मूद भिजुअलका लागि १२० हर्ट्ज रिफ्रेस रेटको साथमा थ्रीडी कर्भ स्क्रिन प्रदान गर्ने अपेक्षा गरिएको विक्रेताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।