विद्युतीय गाडी ‘आयोन वाई’ नेपाली बजारमा

फाल्गुण ०१,२०८०

-आस्था न्यूज

फागुन १, २०८० काठमाडौं ।
चिनियाँ विद्युतीय गाडी ‘आयोन वाई’ नेपाली बजारमा आएको छ ।  
 
राजधानीको थापाथलीस्थित नयाँ शोरुममा मंगलबार चौधरी समूहले जीएसी कम्पनीको आयोन ब्राण्डको इभी ‘आयोन वाई’ लन्च र बिक्री सुरु भएको हो । 
 
गाडीको लम्बाइ ४५ हजार ३५० एमएम, चौडाइ १८७० एमएम र उचाइ १६५० एमएम छ । यसको साथै यसमा २७५० एमएमको ह्वीलवेस पाउन सकिन्छ ।
 
यसलाई कम्पनीले १८ र १९ इन्चको ह्वील अप्सनमा चीनमा बिक्री गर्दै आएको छ । चिनियाँ बजारमा उपलब्ध आयोन-वाईको ग्राउन्ड क्लियरेन्स १८३ एमएम छ ।
 
कम्पनीले यसमा १०.२५ इनचको ड्राइभर इन्फर्मेसन डिस्प्ले र १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ । 
 
जीएसी आयोन वाईमा ६१.५ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिइएको छ । यसलाई सिंगल चार्जमा ५०० किलोमिटर गुडाउन सकिने कम्पनीले जनाएको छ । यसमा मोटर पनि १०० किलोवाटको छ । यसको पीकटर्क भने १७६ एनएम छ ।
 
नेपाली बजारका लागि यो गाडीको मूल्य ५४ लाख ९९ हजार रूपैयाँ छ ।