Trending :
 

आइतबार सुनको मूल्य स्थिर

आषाढ ३०,२०८१

-आस्था न्यूज

असार ३०, २०८१ काठमाडौं ।
शुक्रबार रेकर्ड बनाएको सुनको मूल्य आइतबार स्थिर रहेको छ ।
 
आइतबार छापावाला सुन प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । छापावाला सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
 
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आइतबार चाँदी १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य शुक्रबार १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।