आज कतिमा हुदैछ सुनको कारोबार ?

४ दिन अगाडि

-आस्था न्यूज

असार १६, २०८१ काठमाडौं ।
आइतबार नेपाली बजारमा सुनको मूल्यमा तोलामा दुई सय रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज दुई सय रुपैयाँले बढ्दै १ लाख ४२ हजार रुपैयाँ पुगेको हो । 
 
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा दुई सय रुपैयाँले नै बढ्दै १ लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
 
यता चाँदीको मूल्य भने गत शुक्रबारकै मूल्य कायम हुँदै आज स्थिर रहेको छ ।  गत शुक्रबार चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।