Trending :
 

बिहिबार ८ अंकले घट्यो सेयर बजार

आषाढ १३,२०८१

-आस्था न्यूज

असार १३, २०८१ काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.२४ अकंले घटेर २०५१.९२ बिन्दुमा बन्द भएको छ ।
 
आज ३३३ कम्पनीको ८९ लाख १ हजार १९५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७१ करोड ५९ लाख ३ हजार रुपैयाँको सेयर कारोबार भइरहेको छ ।
 
आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ७६ लाख रुपैयााको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २१ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यूनाइटेड इदी मर्दिको १२ करोडको सेयर कारोबार भएको छ ।
 
आज सबैभन्दा धेरै त्रिशुली जलविद्युतका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनका लगानीकर्ताले ७।०९ प्रतिशतका दरले कमाएका हुन् । महालक्ष्मी डिबेञ्चरका इकाईधनीले ६ प्रतिशतका दरले कमाएका छन् । एग्रिकल्चर डेभलपमेन्ट बैंक डिबेञ्चरका इकाईधनीले ५.७७ प्रतिशतका दरले कमाएका छन् । मैलुङ खोला जलविद्युतका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।
 
आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।