Trending :
 

सोमबार सुनको भाउ १ लाख ४७ हजार रुपैयाँ नजिक

आषाढ ३१,२०८१

-आस्था न्यूज

असार ३१, २०८१ काठमाडौं ।
स्थानीय बजारमा सोमबार सुनको भाउ १ लाख ४७ हजार रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ९०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ । 
 
अघिल्लो दिन आइतबार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँ कायम भएको थियो । 
 
यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर १ हजार ८८५ रुपैयाँ पुगेको हो।