Trending :
 

सेयर बजारमा उत्साह, नेप्से परिसूचक ५२.९७ अकंले बढ्यो

आषाढ ३०,२०८१

-आस्था न्यूज

असार ३०, २०८१ काठमाडौं ।
आइतबार सेयर बजारको पहिलो दिनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक  ५२.९७ अकंले बढेर २२५७.५७ बिन्दुमा कायम भएको छ ।
 
यसदिन कारोबार समेत ६ महिना यताकै उच्च बन्न पुगेको छ । आइतबार ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । 
 
आज सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको २१ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको २० करोड ७५ लाख रुपैयाँ संस्थापक सेयर कारोबार भएको छ ।
 
आज सबैभन्दा धेरै रिडी पावर र माण्डु हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । जानकी फाइनान्सका लगानीकर्ताले ९.९५ प्रतिशतका दरले कमाएका छन् । हिमाल दोलखा हाइड्रोका लगानीकर्ताले ९.९३ प्रतिशतका दरले कमाएका छन् ।
 
आज सबैभन्दा धेरै बलेफी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरे गुमाएका छन् ।