किस्ताबन्दीमा सडक बत्तीको बक्यौता बुझाउन प्राधिकरणको अनुरोध

४ दिन अगाडि

-आस्था न्यूज

असार १६, २०८१ काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको बक्यौता महसुल बुझाउन स्थानीय तहहरूलाई किस्ताबन्दीको सुविधा दिने भएको छ । 
 
प्राधिकरणले सडक बत्ती जडान गरी विद्युत् उपभोग गरेका स्थानीय तहहरूले तिर्नुपर्ने थप दस्तुर सहितको बक्यौता विद्युत् महसुल बढीमा ६० महिना सम्मको किस्ताबन्दीमा बुझाउन पाउने व्यवस्था गरेको हो । 
आज एक सूचना जारी गर्दै प्राधिकरणले सम्बन्धित स्थानीय तहहरूले ४५ दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरी किस्ताबन्दीका लागि आवेदन दिन आग्रह गरेको छ ।