Trending :
 

आइतबार नेप्सेमा ५.६० अंकको वृद्धि

आषाढ ११,२०८१

-आस्था न्यूज

असार ११, २०८१ काठमाडौं ।
मंगलबार नेप्से परिसूचक ५.६० अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार नेप्से ०.२७ प्रतिशतले वृद्धि हुँदै २ हजार ७१.७७ बिन्दुमा पुगेको हो । 
 
यस दिन ९४ लाख ३५ हजार ४५४ कित्ता बराबरको सेयर किनबेच हुँदै ४ अर्ब १८ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 
 
नेप्सेका अनुसार १३ उपसूचकमध्ये ८ समूहको सेयर धनात्मक देखिएको छ भने बाँकीको ऋणात्मक भएको छ । यसदिन विकास बैंक समूहको सेयर सबैभन्दा बढी १३.०८ प्रतिशत वृद्धि भएको छ ।
 
नेप्सेका अनुसार ग्लोबल आईएमई बैंकको डिबेन्चरमा सकारात्मक सर्किट लागेको छ । यस्तै साधना लघुवित्त वित्तीय संस्थाको सेयरमा नेगेटिभ सर्किट लाग्यो । यसदिन आरएसडीसी लघुवित्त वित्तीय संस्थाको सेयर सबैभन्दा धेरै कारोबार भयो ।