Trending :
 

बुधबार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

आषाढ १२,२०८१

-आस्था न्यूज

असार १२, २०८१ काठमाडौं ।
बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारको तुलनामा सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको जानकारी दिएको हो । 
 
जसअनुसार छापावाल सुन तोलामा बुधबार १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार छापावाल सुन तोलामा १ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 
 
यस्तै आज तेजाबी सुन तोलामा १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार हुँदा चाँदीको पनि मूल्य घटेको छ । 
 
मंगलबार तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा १ हजार ७९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।