Trending :
 

चालू आर्थिक वर्षको ११ महिनामा मुलुकको शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब बचतमा

आषाढ २६,२०८१

-आस्था न्यूज

असार २६, २०८१ काठमाडौं ।
चालू आर्थिक वर्षको ११ महिनामा मुलुकको ब्यालेन्स अफ पेमेन्ट (शोधनान्तर) स्थिति ४ खर्ब २५ अर्ब बचतमा रहेको छ ।
 
अघिल्लो वर्षको सोही अवधिमा यस्तो शोधनान्तर स्थिति २ खर्ब २४ अर्ब ९० करोडले बचतमा रहेको थियो । समीक्षा अवधिमा रेमिटेन्स आयातसँगै आयात घट्न पुग्दा मुलुकको शोधनान्तरमा उल्लेख्य सुधार आएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
 
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ७१ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब २० करोडले बचतमा रहेको छ ।
 
यस्तै समीक्षा अवधिमा चालु खाता २ अर्ब ३९ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु ७९ अर्ब ५३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६१ करोड ३२ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५१ करोडले बचतमा रहेको छ । 
 
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २५.७ प्रतिशतले कमी आई रु.५ अर्ब ४६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.८ अर्ब १६ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु ७ अर्ब ३५ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु. ४ अर्ब ६५ करोडले धनात्मक रहेको थियो ।