Trending :
 

जेठ महिनामा मुद्रास्फीति घट्यो

आषाढ २६,२०८१

-आस्था न्यूज

असार २६, २०८१ काठमाडौं ।
चालू आर्थिक वर्ष २०८०-८१ को जेठ महिनामा मुद्रास्फीति घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालू वर्षको ११ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै केन्द्रीय बैंकले अघिल्लो वर्षको सोही महिनाको अवधिमा मुद्रास्फीति घटेको जानकारी दिएको हो ।
 
तथ्यांकअनुसार यो ११ महिनामा मुद्रास्फीति ४।१७ प्रतिशत छ । जुन, अघिल्लो वर्षको सोही महिनामा ६.८३ प्रतिशत थियो । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७६ प्रतिशत र गैह्र–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २।९४ प्रतिशत छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १६.०२ प्रतिशत छ ।
 
यस्तै दाल तथा गेडागुडीको ११.७६ प्रतिशत,  खाद्य तथा खाद्यजन्य पदार्थको ७.३२ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको ६.९८ प्रतिशत र गैह्र-मदिराजन्य पेय पदार्थको ५.९५ प्रतिशतले बढेको छ । यस्तै घ्यू तथा तेल उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ५.५१ प्रतिशतले घटेको छ ।