Trending :
 
ब्यवसायिक कुरा पृष्‍ठ
प्रमुख समाचार
 

बाख्रा पालनबाट वार्षिक सात लाख आम्दानी गर्दै तनहुँका श्रीमाया आले

असोज १४, २०८० काठमाडौं । तनहुँको भिमाद नगरपालिका-९ पाथर्दी निवासी श्रीमाया आले विगत केही वर्षदेखि बाख्रापालनमा आबद्ध हुनुहुन्छ । उहाँले गाउँबाटै बाख्रा बिक्री गरी मनग्य आम्दानी गरिरहनुभएको छ । उहाँले भन्नुभयो“ बाख्रापालन व्यवसायबाट वार्षिक रु सात लाखभन्दा बढी आम्दानी हुने गरेको छ । ” उहाँले यस वर्ष १५ बोयर जातका माउबाट उत्पादित खसीबोका बिक्री गरी उक्त रकम आम्दानी गर्नुभएको हो ।