गैँडाकोट बसेनीको बाँझो जमिनमा सुन्तला खेती फष्टाउँदै

भाद्र ०५,२०८०

-रासस

भदौ ५, २०८० काठमाडौं । 
 
सुन्तला बगैँचाले नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट–१८ बसेनी गाउँको मुहार नै फेरिएको छ । बसेनी गाउँमा व्यावसायिक रूपमा लगाइएका १५ हजार सुन्तलाको बोटले गाउँ नै हराभारा देखिएको छ । भिरालो र नाङ्गो जमिन अहिले सुन्तालाको बगैँचाले हरियालीमात्रै भएको छैन , भदौको अन्तिम सातासम्म बिक्रीका लागि सुन्तला तयार समेत हुँदैछ ।
 
चौसठ्ठी वर्षीय गुप्तप्रसाद रेग्मीको सुन्तला बगँैचामा उन्सु प्रजातिको सुन्तला बिक्रीका लागि तयार हँुदै छन । टीकारत्न टुल्की कृषि फार्म दर्ता गरी उहाँले विसं २०७५ बाट व्यावासायिक रूपमा सुन्तला जातका फलफूलको खेती लगाउँदै आउनुभएको छ । “चौध रोपनीबाट सुरु गर्नुभएको सुन्तला जातका फलफूलको व्यावसायिक खेतीलाई अहिले ८२ रोपनीमा विस्तार गरेका छौँ”, उनले भने।