Trending :
 

कनकासुन्दरीका किसानलाई भेडा वितरण

जेठ २१,२०८१

-रासस

जेठ २१, २०८१  काठमाडौं ।
जुम्लाको कनकासुन्दरी गाउँपालिकाले किसानलाई भेडा वितरण गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटबाट कनकासुन्दरी-७ का १८ जना किसानलाई भेडा वितरण गरिएको गाउँपालिकाको पशुपक्षी विकास शाखाका प्रमुख लालबहादुर रावतले बताउनुभयो ।
 
कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सात लाख, लाभग्राहीबाट चार लाख २० हजार र कनकासुन्दरीको दुई लाख ८० हजार रुपैयाँको लागतमा भेडा खरिद गरेको थियो । गडुनानी साझेदारी भेडा पकेट समूहले ९० भेडा र दुई वटा थुमा खरिद गरेर किसानलाई वितरण गरेको हो ।
 
पशु अस्पताल तथा पशु सेवा कार्यालयकाअनुसार जुम्लामा अहिले ८४ हजार तीन सय ८८ भेडा रहेको छ । यसैगरी बाख्राको सङ्ख्या ४६ हजार तीन सय छ रहेका कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले जानकारी दिनुभयो ।
 
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ ।