एउटै गाउँपालिकाबाट ६ करोडभन्दा बढीको अदुवा बिक्री

पौष ११,२०८०

-आस्था न्युज

पुस ११, २०८० काठमाडौं ।
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाबाट छ करोड भन्दा बढीको अदुवा बिक्री भएको छ । पालिकाभर दुई हजार छ सय किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट छ करोड २४ लाख आम्दानी भएको त्रिवेणी गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले यस वर्ष १५ लाख ६० हजार केजी अदुवा उत्पादन भएको जानकारी दिनुभयो । गाउँपालिका भित्र अदुवाखेती गर्ने दुई हजार छ सय घरधुुरी रहेका र  पाँच हजार दुईसय रोपनी क्षेत्रफलमा अदुवा उत्पादन हुने गरेको जनाइएको छ ।
 
एक रोपनी जग्गामा तीन सय केजी अदुवा उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो । प्रत्येक किसानले गाउँबाटै एक क्विन्टललाई रु चार हजारका दरले  बिक्री गरेका छन् । अदुवाका लागि व्यापारी गाउँमै पुगेर खरिद गर्ने गरेकाले बजारको समस्या नरहेको कृषि शाखाले जनाएको छ । 
 
व्यावसायिकरूपमा अदुवाखेती गर्नुभएका त्रिवेणी–४ खुम्चेरीका नरे खड्काले यस वर्ष अदुवा बिक्रीबाट रु एक लाख आम्दानी गरेको बताउनुभयो । विगत २० वर्षदेखि अदुवाखेतीमा लाग्नुभएका उहाँले निरन्तर खेती गर्दै आउनुभएको छ । यस वर्ष उत्पादन भएको साढे तीन  क्विन्टल बीउका लागि र १२ क्विन्टल प्रतिक्विन्टल रु चार हजारदेखि आठ हजारका दरले बिक्री गरेकोे उहाँले बताउनुभयो ।
 
त्रिवेणी–४ खुम्चेरीका ५५ वर्षीय कृषक हरिबहादुर खड्काले यस वर्ष अदुवा राम्रो उत्पादन भएको जानकारी दिनुभयो । तीस वर्षदेखि निरन्तर कृषि पेसा गर्दै आउनुभएका उहाँले यस वर्ष अदुवा बिक्रीबाट रु एक लाख ५० हजार आम्दानी गरेको बताउनुभो । अदुवा गाउँबाटै प्रतिक्विन्टल रु चार हजार र बीउका लागि प्र्रयोग हुने अदुवा प्रतिक्न्विन्टल रु आठ हजाार देखि १० हजारसम्म बिक्री भएकामा उहाँ सी हुनुहुन्छ ।
 
“पहिले एक क्विन्टल अदुवाबाट सात क्विन्टल उत्पादन गरिन्थो, उमेर पनि ढल्किँदै गयो अहिले त एक क्न्विन्टल अदुवाबाट तीनदेखि चार क्विन्टलसम्म उत्पादन गर्ने गरेको छु”, उहाँले भन्न्नुयभो । यस वर्ष बीउका लागि १२ क्विन्टल अदुवा भण्डारण गरेर  राखेको किसान खड्काले बताउनुभयो । रासस