फाल्गुण १९,२०७९
-आस्था न्युज
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकार निर्माणको कार्य शुरु गर्ने भएका छन् । बिहिबार काठमाडौँमा प्रचण्डले मन्त्रिमण्डल बिस्तारको काम शुरु भएको बताएका हुन् ।
गठबन्धन दलले काठमाडौँमा संचालन गरेको अभिमुखीकरण कार्यक्रममा प्रतिक्रिय सरकार निर्माणको कार्य आजै बाट शुरु भएको प्रचण्डले बताएका हुन् । कार्यक्रमको सम्बन्धमा संचारकर्मीले सोधेको प्रश्नमा उनले भने “ मन्त्रिमण्डल चाहि बिस्तार गर्ने गृहकार्यमा आजैदेखि शुरु हुन्छ “ ।
गठबन्धनको आयु कति हुन्छ ? भन्ने अर्को प्रश्नको जवाफमा “ पाच बर्ष “ भन्ने छोटो प्रतिक्रिय दिएका छन् । फागुन २५ गते राष्ट्रपतिको चुनाव अगाडीनै सरकार निर्माण गर्ने र नभए कांग्रेसलाई सरकारमा सामेल गराएर सुरक्षित महसुस गर्ने प्रचण्डको रणनीति रहेको देखिन्छ । माधवकुमार नेपाल संगको पार्टी समाजबादी सँग एकताको कुरा अगाडी बढेको चर्चा बाहिर आए संगै प्रचण्ड आफु सुरक्षित रहन सकेसम्म राष्ट्रपतिको चुनाव अगाडी नै मन्त्रिमण्डल बिस्तार गर्ने तयारीमा रहेका छन् ।
प्रमुख समाचार
सम्वन्धित समाचार