Trending :
 

दुर्गा प्रसाईलाई घरभित्रै नजरबन्दमा राखेको विरोधमा सानोठिमी-सल्लाघारी सडक अवरोध

मंसिर ०८,२०८०

-आस्था न्युज

मंसिर ८, २०८० काठमाडौं ।
मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी दुर्गा प्रसाईंको रिहाइको माग गदै उनका समर्थकहरूले विरोध प्रदर्शन गरेका छन् । 
 
शुक्रवार उनीहरुले प्रसाईंको रिहाइको माग गर्दै भक्तपुरको सानोठिमी सल्लाघारीको मुख्य सडक अवरोध गरेका हुन् ।
 
भक्तपुरस्थित प्रसाईंको निवासमा नेपाल प्रहरीको स्पेसल टास्क फोर्स परिचालन गरिएको छ । प्रहरी परिचालनपछि प्रसाईं घरबाट बाहिर निस्किन सकेका छैनन् । प्रसाईंले आफू होम एरेस्टमा रहेको बताएका छन् ।