समाचार हरु

काठमाण्डौं महानगरले गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन गर्दै

बैशाख २४, २०८१ काठमाडौं । काठमाण्डौ महानगरपालिकाले गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन कार्यलाई तीव्रता दिएको छ । अहिलेसम्मको तथ्याङ्कअनुसार ३५ हजार आठ सय ७५ अर्थात १५ प्रतिशत तथ्याङ्क सङ्कलन भइसकेको महानगरपालिका सामाजिक विकास विभागका तथ्याङ्क अधिकृत कृष्णराज तिवारीले जानकारी दिनु भयो ।