बाफलमा लागेको आगलागी नियन्त्रणमा, ५ जना घाइते

बैशाख २३,२०८१

-आस्था न्यूज

वैशाख २३, २०८१ काठमाडौं ।
ललितपुरको एक टहरामा आगलागी हुँदा पाँच जना घाइते भएका छन्। 
 
आइतबार बिहान करिब १० बजे ललितपुर महानगरपालिका वडा नम्बर १७ बाफलस्थित टहरामा आगलागी भएको हो। 
 
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार टिनले छाएको टहरोभित्र मोबिल राखेको ठाउँमा आगलागी हुँदा पाँच जना घाइते भएका हुन्।
 
आगलागी नियन्त्रणमा लिन पाँच वटा दमकलको प्रयोग गरिएको छ। आगलागी नियन्त्रणमा आएको रहेको एसपी सुवेदीले बताए। 
 
घाइतेहरू पाँचै जनालाई किष्ट अस्पतालमा लगिएको छ। 
 
३ वर्षीय, ८ वर्षीय र १५ वर्षीय बालक घाइते छन्। त्यस्तै करिब ३५ वर्षीय सञ्‍जय गिरी र  रूपा गिरी पनि घाइते छन्। 
 
एसपी सुवेदीका अनुसार तीन जना बालकको अवस्था गम्भीर छ।