वैशाख १३, २०८१ काठमाडौं । सौगात मल्ल स्टार कमेडी-ड्रामा ‘भाइरल गोर्खे’को शीर्षमध्येको एक भूमिकामा सञ्चारकर्मी तथा ऋषि धमला अनुबन्धित भएका छन् । बिहीबार निर्माता र धमलाबीच लिखित सहमति भएको छ । उनी फिल्ममा पत्रकारको महत्वपूर्ण भूमिकामा देखिन लागेको निर्देशक निगम श्रेष्ठले बताए ।