इंग्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो

बैशाख १३,२०८१

-आस्था न्यूज

वैशाख १३, २०८१ काठमाडौं ।
इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।
 
गएराति भएको खेलमा लिभरपुल एभर्टनसँग २-० गोलले स्तब्ध भएको हो । यो हारले लिभरपुलको उपाधि सम्भावनालाई कमजोर बनाएको छ ।
 
एभर्टनका लागि जोराड ब्रान्थवेट र डोमिनिक काल्भर्ट लेविनले एक-एक गोल गरेका थिए ।
 
जेराडले खेलको २७औँ मिनेटमा एभर्टनलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ५८औँ मिनेटमा डोमिनिकले गोल गर्दै एभर्टनलाई २-० गोलको सहज जित दिलाए । एभर्टनले लिभरपुललाई सन् २०१० पछि पहिलो पटक हराएको हो ।
 
यो जितसँगै एभर्टन ३४ खेलबाट ३३ अंक जोडेर तालिकाको १६औँ स्थानमा छ । पराजित भएको लिभरपुल ७४ अंकसहित दोस्रो स्थानमा छ । यस्तै शीर्षस्थानमा रहेको ७७ अंक छ । दुई खेल कम खेलेको म्यानचेष्टर सिटी ७३ अंकसहित तेस्रो स्थानमा छ । बाँकी खेल जिते सिटी शीर्ष स्थानमा उक्लनेछ ।