Trending :
 
समाचार हरु

अब स्वेच्छिक शुल्क तिरेर रास्वपाको सदस्यता लिन पाइने

पुस २५, २०८० काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको सदस्यता प्रणालीलाई खुकुलो पारेको छ । यसअघि सदस्यता लिनेहरूबाट एक हजार रुपैयाँ उठाइरहेको रास्वपाले अब स्वेच्छिक शुल्क तिरेर सदस्य लिन पाउने प्रबन्ध गरेको हो । सिंहदरबारस्थित दलको कार्यालयमा मंगलबार बसेको पार्टीको सचिवालय बैठकले यसअघि लिँदै आएको एक हजार रुपैयाँ शुल्कलाई घटाएर वा बढाएर समेत स्वेच्छिकरुपमा रकम तिरेर सदस्यता बन्न सक्ने व्यवस्था गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।