ग्रिसमा आगलागी हुँदा २० जनाको मृत्यु, सयौं घाइते
-
साउन ८, २०७५ एजेन्सी ।
बीबीसी
ग्रिसको जंगलबाट सुरु भएको आगलागीमा परी २० जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।
राजधानी एथेन्स नजिकै घर भएकाहरु अन्यत्र सुरक्षित स्थानमा सरेका छन् । आगोमाथि नियन्त्रण पाउनका लागि भरपुर कोसिस गरे पनि अहिलेसम्म सफल हुन सकेको छैन ।
ग्रिसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले यसको नियन्त्रणमा जस्तोसुकै कदम पनि उठाइने बताएका छन् ।
उनले बोस्नियाको आफ्नो भ्रमण पनि स्थगित गरेका छन् ।
मंगलबार बिहान सरकारका प्रवक्ता दिमित्रिस जानाकोपोउलसले मृतकको संख्या २० पुगेको पुष्टि गरेका छन् ।
मृत्यु हुनेमध्ये धेरैजना समुन्द्र नजिकको रिसोर्ट मातीमा फसेका थिए । कतिको आफ्नो घरभित्र त कतिले आफ्नो कारभित्रै ज्यान गुमाएको बताइएको छ ।
घाइते १ सय चारजना मध्ये ११ को स्थिती गम्भिर छ । घाइतेमध्ये १६ जना बालबालिका रहेका छन् ।
एजेन्सी