Trending :
 

सुनील क्षेत्री भारतमा वर्ष २०१७ को उत्कृष्ट खेलाडी

श्रावण ०८,२०७५

-

एजेन्सी
 साउन ८, २०७५ काठमाडौँ ।
 
 
 
भारतीय फुटबल टिमका कप्तान सुनील क्षेत्री वर्ष २०१७ को उत्कृष्ठ खेलाडी भएका छन्।
 
अल इन्डिया फुटबल फेडरेशन (एआईएफएफ) ले आइतबार वर्षको सर्वोत्कृष्ठ खेलाडीका रूपमा क्षेत्रीलाई चयन गरेको हो।
 
एआईएफएफको मुम्बईमा बसेको कार्यकारी समिति बैठकले क्षेत्रीलाई वर्ष २०१७ को पुरूष उत्कृष्ठ खेलाडीको रूपमा छानेको हो। महिलातर्फ कमला देवीले उपाधि जितिन्।
 
यस्तै चेन्नईका २० वर्षीय मिडफील्डर अनिरूद्र थापाले वर्षको सर्वश्रेष्ठ पुरूष उदीयमान खेलाडीको उपाधि पाए भने गोलकीपर ई पन्थोईलाई महिलातर्फ वर्षको उत्कृष्ट उदीयमान अवार्ड हात पारिन्।
 
क्षेत्रीले भारतीय टिम र क्लब बेङ्गलुरू एफसीका तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका थिए। उनको क्लब सन् २०१७र१८ को इन्डियन सुपर लिगको फाइनलमा पुगेको थियो।
 
योसँगै सुपर कपको उपाधिसमेत जितेका क्षेत्रीले भारतलाई एएफसी एशिया कप २०१९ का लागि छनोट गराए।
 
भारतका लागि १०० क्याप जित्ने दोस्रो खेलाडी बनेका क्षेत्रीले इन्टरकन्टिनेन्टल कपको उपाधिसमेत जिताएका थिए।