Trending :
 

साउन महिना किन प्रिय छ भगवान शिवलाई

श्रावण ०८,२०७५

-माधव प्रसाद गर्तौला

आशुतोष भगवान शिवको प्रिय - महिना साउन l

 

पौराणिक मान्यता अनुसार साउन महिना भगवान शिवको महिना हो l

यस सम्बन्धमा एक पौराणिक कथा छ कि जब सनातकुमारहरुले भगवान शिवसंग उनलाई साउन महिना प्रिय हुनुको कारण सोधे तब भगवान शिवले उहाँहरुलाई यसरी बताउनु भयो- कि

 

एक समयको कुरा हो जब सतीदेवीले आफ्ना पिता प्रजापति दक्षको घरमा योगशक्तिद्वारा शरीर त्याग गरिन् त्यस देखि पहिले भगवान शिवलाई नै हर जन्ममा पतिको रूपमा पाउने प्रण गरेकी थिईन् l

 

आफ्नो दोस्रो जन्म सतीदेविले पर्वतराज हिमालय र रानी मैनाको घरमा लिईन् l र नाम रह्यो पार्वती l पार्वतीले आफ्नो युवावस्थाको साउन महिनामा निराहार रहेर कठोर व्रत गरिन् l

 

त्यहि व्रतको प्रभावले भगवान शिव उनिदेखी प्रसन्न भई विवाह गरेका हुन् l तबदेखि नै भगवान शिवलाई यो महिना प्रिय हुन गएको हो l

 

भगवान शिवलाई अभिषेक गर्नुको पछाडी रहेको कारण-

 

 

भगवान शिवको अभिषेक गर्नुको पछाडी पनि एक पौराणिक कथाको उल्लेख रहेको पाइन्छ l

समुद्र मन्थनको समय हलाहल विष निस्केपछि भगवान शिवले त्यस विषलाई पिउनु हुन्छ l र विषको प्रभावले मूर्छित भई लड्नुहुन्छ l

 

वहांको यस्तो अवस्था देखेर सबै देवी-देवताहरु भयभीत हुन्छन् र वहाँलाई होसमा ल्याउनको लागी त्यहाँ नजिकै जे-जस्ता वस्तुहरु उपलब्ध थिए तिनीहरुले नै स्नान गराउन थाल्दछन् l

 

 

बेलपत्र र शमिपत्र-

 

भगवान शिवलाई भक्तहरुले प्रसन्न गर्नको लागी बेलपत्र र शमीपत्र चढाउने गर्छन् l

 

यस सम्बन्धमा पनि एक पौराणिक कथाको अनुसार जब परमपिता ब्रह्मासंग अट्ठासी हजार ऋषिहरुले महादेवलाई प्रसन्न गर्ने विधि सोधे

 

यस्तै एकहजार नीलकमलको बराबर एक बेलपत्र र एकहजार बेलपत्र चढाउनुको बराबर एक शमीपत्रको महत्व रहेको छ l तसर्थ भगवान शिवलाई बेलपत्र र शमीपत्र चढाउने परम्परा रहेको हो l