Trending :
 

जंगलमा लागेको भीषण आगलागीका कारण् अहिलेसम्म ७४ को मृत्यु

श्रावण ०९,२०७५

-

 
  साउन ९, २०७५ एजेन्सी ।
 
 
ग्रिसको जंगलमा फैलिएको भीषण आगलागीमा परी अहिलेसम्म ७४ को मृत्यु भइसकेको छ । राजधानी एथेन्स नजिकैको राफिना टाउन वरपरका जंगलमा फैलिएको आगोका कारण सयौं घाइते भएका छन् ।
 
आगो फैलन सक्ने खतरा भएका बस्तीका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
 
ग्रिसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले आपत्कालीन घोषणा गर्दै युरोपेली युनियन र अन्य देशमाथि आगो नियन्त्रणमा सहयोग गर्न अपिल गरेका छन् ।
 
सुरक्षाकर्मी तटीय इलाकामा फसेका मानिसहरुलाई निकाल्नका लागि डुङ्गा र हेलिकोप्टरको प्रयोग गरिरहेका छन् । आगो नियन्त्रणका लागि हेलिकोप्टरको पनि प्रयोग गरिएको छ ।
 
आगलागीपछि तापक्रममा थप वृद्धि भएपछि मानिसहरु पानीमा डुबिरहेका छन् । एजेन्सी ।