Trending :
 

एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक, नेपालको सम्भावना कस्तो छ ?

श्रावण ०९,२०७५

-

साउन ९, २०७५ काठमाडौं ।
 
आगामी सेप्टेम्वर १५ देखि युएईमा हुने एसिया कप क्रिकेट २०१८ को खेल तालिका मंगलबार सार्वजनिक भएको छ।
 
सेप्टेम्वर २८ सम्म हुने प्रतियोगितामा एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र र छनोट भएर जाने एक गरी कूल ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।
 
जसमध्ये भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानको स्थान पक्का गरिसकेका छन् भने नेपाल, हङकङ, युएई, सिंगापुर, ओमान र मलेसियाले प्ले अफ खेल्नुपर्ने हुन्छ।
 
प्ले अफबाट छानिएको देशले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै एसिया कप खेल्न पाउनेछ।
 
दुई समूहमा विभाजित खेलको प्ले अफबाट छानिएको टिमले समूह ए मा भारत र पाकिस्तानसँग प्रतिश्पर्धा गर्नुपर्ने हुन्छ।
 
यस्तै बंगलादेश, श्रीलंका र अफगानिस्तान समूह बी मा छन्।
 
दुवै समूहको शीर्ष दुई टिम सुपर ४ मा प्रवेश गर्नेछन्। सूपर चारका शीर्ष दुई टिम फाइनल प्रवेश गर्नेछन्।
 
समूह चरणका खेलहरु सेप्टेम्वर १५ देखि २० तथा सुपर ४ को खेलहरु सेप्टेम्वर २१ देखि २६ सम्म हुनेछ।
 
फाइनल खेल सेप्टेम्वर २८ मा हुनेछ। प्रतियोगिताका खेलहरु दुबई र अबुधावीमा हुनेछन्।
 
पछिल्लो पटक सन् २०१६ मा टी–२० फर्म्याटमा भएको एसिया कप यस पटक ओडिआई पर्म्याटमा हुँदैछ।
 
यसअघिको उपाधि भारतले जितेको थियो।
 
यस्तो छ तालिका
 
समूह चरण
 
भदौ ३०– बंगलादेश विरूद्ध श्रीलंका– दुबई
भदौ ३१– पाकिस्तान विरूद्ध क्वालिफायर– दुबई
असोज १– श्रीलंकाविरूद्ध अफगानिस्तान–बबुधाबी
असोज २– भारतविरूद्ध क्वालिफायर— दुबई
असोज ३– भारत विरूद्ध पाकिस्तान— दुबई
असोज ४– बंगलादेशविरूद्ध अफगानिस्तान— अबुधाबी
सुपर चार
 
असोज ५– विजेता समूह ए विरूद्ध उपविजेता समूह बी– दुबई
असोज ५– विजेता समूह बी विरूद्ध उपविजेता समूह ए– अबुधाबी
असोज ७– विजेता समूह ए विरूद्ध उपविजेता समूह ए–दुबई
असोज ७ – विजेता समूह बी विरूद्ध उपविजेता समूह बी– अबुधाबी
असोज ९–विजेता समूह एविरूद्ध विजेता समूह बी– दुबई
असोज ९– उपविजेता समूह ए विरूद्ध उपविजेता समूह बी– अबुधाबी
फाइनल
 
असोज १२– सुपर चार विजेताविरूद्ध सुपर चार उपविजेता– दुबई
 
नेपालको सम्भावाना
 
पहिलो पटक एक दिवसीय मान्यता पाएको नेपालले एसिया कपका लागि ६ टिम सम्मिलित छनोट प्रतियोगिता खेल्दैछ।
 
नेपाल छनोट हुनका लागि घरेलु टोली युएई, हङकङ, ओमान, सिंगापुर र मलेसियासँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ।
 
यी ५ टोलीको विजेताले एसिया कप खेल्ने भएकाले नेपालले टेष्ट राष्ट्रसँग एसिया कप खेल्ने हो भने छनोट प्रतियोगिता जित्नुपर्ने हुन्छ।
 
गत मार्चमा जिम्बावेमा भएको विश्वकप छनोटमा नेपालले एसोसिएटतर्फ शीर्ष तीनमा पर्दै एक दिवसीय मान्यता पाएको हो।
 
युरोप भ्रमणमा रहेको नेपालले नेदरल्याण्ड्ससँग पहिलो वान डे अन्तर्राष्ट्रिय खेल खेल्दैछ। त्यसअघि जुलाई २९ मा लर्ड्समा ट्राई सिरिज खेल्नेछ। सेतोपाटी