Trending :
 

इस्लामिक स्टेटको हमलामा सिरियामा दुई सयको मृत्यु

श्रावण १०,२०७५

-

साउन १०, २०७५ एजेन्सी । 
 
 
बीबीसी
 
सिरिया सरकारको नियन्त्रण रहेको दक्षिण पश्चिमी इलाकामा इस्लामिक स्टेटका लडाकूको श्रृङ्खलाबद्ध हमलामा परी कम्तीमा पनि दुई सय १५ को मृत्यु भएको स्थानीय अधिकारी र मानवाधिकार समूहले बताएका छन् ।
 
स्वास्थ्य अधिकारीका अनुसार इलाकाको मुख्य शहर स्वीदामा ५० भन्दा बढिको मृत्यु भएको छ । इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको उक्त हमलामा मृतकको संख्या दुईसयभन्दा बढी हुनसक्ने विभिन्न संचार माध्यमले बताएका छन् ।
 
 हमलापछि शहरको पूर्वी हिस्सामा सरकार र चरमपन्थीबीच दोहोरो गोलीबारी भएको छ ।
 
सिरियाको सरकारले देशको दक्षिणी हिस्सामा बिद्रोहीको कब्जा भएको इलाकालाई पुनः नियन्त्रणमा लिनका लागि रुसको मद्दतमा हालै कारवाही सुरु गरेको थियो ।
 
संवाददाताका अनुसार इस्लामिक स्टेटको ताजा हमला, सरकारको नियन्त्रण भएको इलाकामा केही महिना यता अहिलेसम्मको सबैभन्दा ठूलो हमला हो ।
 
ब्रिटेनस्थित सिरियन अब्जरवेटरी फर ह्यूमन राइट्ले यो हमलामा कम्तीमा एक सय १४ जनाको मृत्यु भएको जसमध्ये ४० सर्वसाधारणबाहेक धेरैजसो सरकारका समर्थक लडाकु भएको जानकारी दिएको छ ।
 
संयुक्त राष्ट्रका अनुसार यो इलाकामा हिंसाका कारण कम्तीमा दुई लाख ७० हजार पलायन भइसकेका छन् ।
 
 
एजेन्सी