कति लामो समयसम्म रहन्छ चन्द्रग्रहण ?
खगोलविद्हरुको अनुसार यो ग्रहण यस शताब्दीको सबैभन्दा लामो ग्रहण हुनेछ ।
सामान्यतया ग्रहण एक या डेढ घन्टाको अवधिवाला हुने गर्छ ।
तर आगामी चन्द्रग्रहण भने चार घन्टासम्म रहनेछ ।
भनिंदै छ कि यति लामो चन्द्रग्रहण यसपछि यस सदीको अन्तिम समयसम्म देखिने छैन ।
यो संयोग नै हो कि यसै दिन गुरुपूर्णिमा पनि रहेको छ । र यसै कारण गुरुपूर्णिमाको महत्व पनि बढेको छ।
चन्द्रग्रहणको शुरुआत चन्द्रमाको उदयको साथ स्थानीय समय अनुसार रातिको १२:०९ देखि बिहानको ४:०६ सम्म रहने छ ।
यस चन्द्रग्रहणमा चन्द्रमाको रंग रातो देखिनेछ । जसलाई “ब्लड मून” पनि भनिने गरिन्छ ।
जब पृथ्वीले सूर्यको परिक्रमा गरिरहेको हुन्छ त्यस अवस्थामा चन्द्रमा र सूर्यको मध्यभागमा पृथ्वी पर्ने हुँदा चन्द्रमा पृथ्वीको छायांले ढाकिने गर्छ ।
यस स्थितिमा पृथ्वीबाट चन्द्रमालाई हेर्दा हामीलाई चन्द्रमा कालो देखिने गर्छ । यसै कारण यस अवस्थालाई चन्द्रग्रहण भनेर भनि छ ।
कहाँ - कहाँ देखिनेछ चन्द्रग्रहण ?
खग्रास चन्द्रग्रहण भारत तथा सम्पूर्ण यूरोप, अफ्रीका, एशिया तथा अष्ट्रेलिया महाद्वीपमा दृश्य हुनेछ ।
साथै न्युजिलैंड को अधिकांश भाग, जापान, रूस, चीनमा पनि देख्न सकिन्छ ।
यो हो सूतकको समय-
यो ग्रहण ३ घण्टा ५५ मिनेटको रहेको छ । ग्रहणको स्पर्श काल रात्रि १२:०९ मिनेटमा, मध्यकाल रात्रि १:०७ मा एवं मोक्षकाल बिहान ४:०६ रहेको छ ।
चन्द्रग्रहणको सूतक काल दिनको २:०९ मिनेटमा लाग्नेछ । शुभकार्य सूतकपूर्व नै गर्दा श्रेयस्कर हुन्छ । किनकि आजकै दिनमा गुरुपूर्णिमा पनि रहेको छ ।
अतः गुरुपूर्णिमाको निमित्त गरिने धार्मिक क्रियाहरु हुने गर्छन् ती सबै क्रियाहरु सूतककालको पूर्व नै अर्थात २:०९ मिनेटको पहिले नै गरी सकौं ।
ग्रहणको समयमा अपनाऔं यी सावधानीहरु-
ग्रहणकालमा भोजन एवं मलमूत्रहरुको त्याग गर्न निषेध गरिएको छ । बच्चा, वृद्ध एवं रोगीहरु ग्रहणदेखि मुक्त छन् ।
गर्भवती महिलाहरुले ग्रहणकलमा न कुनै वस्तु काटौं र न कुनै सिलाइ नै गरौं अन्यथा ग्रहणले गर्भमा रहेको शिशुलाई नोक्सान हुन सक्छ ।
यसैले सावधानी अपेक्षित छ ।
यस ग्रहणले मेष, सिंह, वृश्चिक एवं मीन राशिको जातकरुलाई फाइदा हुनेछ ।
तथा वृष, मिथुन, कर्कट, कन्या, तुला, धनु, मकर एवं कुम्भ राशिको जाताकलाई हानि हुनेछ ।
यी जातकहरुले ग्रहणकालमा बिना देवप्रतिमा स्पर्श गरी जप गर्नुभयो भने फाइदा हुनेछ ।