बैशाख १८,२०७४
-
१८,बैशाख,एजेन्सी –
अमेरिकाको साउथ र वेस्ट इलाकामा आएको आँधी र बाढीले १४ को ज्यान गएको छ । उद्धार समूहले थुपै स्थानमा घर–घर पुगेर रेस्क्यु अपरेशन चलाएको छ ।आइतबार आएको आँधीले इस्ट टेक्सासका थुप्रै साना इलाका ध्वस्त पारेको छ भने चारको मृत्यु भएको छ ।
त्यस्तै अरकंसासमा तीब्र आँधीका कारण तीनको मृत्यु भएको छ भने अधिकारीका अनुसार दुई जना बेपत्ता छन् ।यसका साथै, मिसिसिपि र मिसौरीको स्थिती अत्यन्त नाजुक रहेको श्रोतले जनाएको छ। बाढीका कारण यहाँका स्थानीयले ठूलो समस्या झल्नुपरेको छ । वेस्टर्न कन्सासको इन्टरस्टेट हाइवेलाई बन्द गरिएको छ ।
यहाँ तीन÷चार इन्चको बर्फबारी पनि भएको छ। त्यसैगरी अरकंसासमा रेस्क्यु अपरेशनमा काम गर्ने क्रममा एक फायर ब्रिगेड भोलुन्टियरको मृत्यु भयो । नेशविल पुलिस डिपार्टमेन्टले ट्वीटरमा टेनेसीमा फुटबल गोलपोष्टको खम्बा खसेका कारण एक वर्षीया बालिकको मृत्यु भएको जानकारी दिएको छ ।
बाढीमा फसेका मानिसलाई निकाल्नका लागि सुरक्षाकर्मी तिब्र रुपमा रेस्क्यु अपरेशन चलाइरहेका छन् । नर्थवेस्ट अरकंसासमा एक १८ महिने बालिका र ४ वर्षे बालकलाई बाढीबाट निकालिएको छ । साथै, पानीमा बगिरहेका १० वर्षका एक बच्चालाई पनि बचाइएको छ । अरकंसासको डेविटमा घरमा रुख ढल्दा ६५ वर्षीया वृद्धाको मृत्यु भएको छ । सुरक्षाकर्मी घर–घर पुगेर स्थितीलाई नियन्त्रण गर्न खोजिरहेका छन् ।
प्रमुख समाचार
सम्वन्धित समाचार