जानौं ग्रहणपछि दान गर्नाले के-के फाइदाहरु हुन्छन्
-माधव प्रसाद गर्तौला
चन्द्रग्रहणमा दानको महत्व-
चन्द्रग्रहण पछी दान गर्ने परंपरा प्राचीनकाल देखि नै चली आएको छ l
यसको पछाडी यो मान्यता रहेको छ कि ग्रहणपछी स्नान, पूजन गरेर दान गर्नाले ग्रहणको कारणले
राशिहरुमा परेका अशुभ प्रभावहरु छन् भने ती प्रभावहरुमा नष्ट भई पुण्य प्राप्त हुन्छ l
शास्त्रहरुमा उल्लेख भए अनुसार ग्रहणपश्चात् गरिएको दानको फल अरु दिनमा गरिएको दानको अपेक्षा बढी हुने गर्छ l
आउनुहोस् जानौं कुन वस्तुको दानले के लाभ हुन्छ l
१. सम्पतिको विवाददेखि मुक्तिको लागी-
यदि तपाईं लामो समयदेखि सम्पत्ति विवादमा फस्नुभएको छ भने तिलबाट बनाइएको मिठाइ दान गर्नाले फाइदा मिल्दछ l
यस्तो मान्यता रहेको छ कि यसले विवाद शान्त भई सुलह हुनेगर्छ l
२. मान-सम्मान प्राप्तिको लागी-
यदि तपाईं समाजमा आफ्नो मान-सम्मान चाहनुहुन्छ भने ग्रहणपछि सुख्खा मिठाइहरु दान गर्नुहोस् l
शुभ परिणाम प्राप्त हुनेछ l
३. आर्थिक कष्टबाट छुट्नको लागी-
यदि तपाईं आर्थिक कष्टबाट जुझी रहनुभएको छ भने ग्रहण पछी रस वाला मीठो पदार्थ दान गर्नुहोस् l
यस्तो गर्नाले तपाईंको घरमा धनको कमी हुनेछैन l यस्तो मान्यता रहेको छ l
४. रोगबाट मुक्तिको लागी-
यदि तपाईं रोगले ग्रस्त हुनुहुन्छ भने कांसको कचौरामा गाईको घ्यू र एउटा चाँदीको टुक्रा हालेर आफ्नो छायाँ हेर्नुहोस् l
त्यसपछि त्यस कचौरालाई दान गरिदिनु l यसो गर्नाले स्वास्थ्यमा सुधार आउँछ l
५. संकटदेखि मुक्तिको लागी-
कुनैपनि प्रकारको संकटदेखि मुक्ति पाउनको लागी चंद्रग्रहणको अघिल्लो बिहान
कमिला एवं माछाहरुलाई दाना ख्वाउनाले आशाजनक परिणाम प्राप्त हुन्छ l