Trending :
 

मंगल ग्रहमा पानी भेटिएको तथ्यको पुष्टि

श्रावण ११,२०७५

-

मंगल ग्रहमा जलाशय रहेको प्रमाण भेटियो
 
साउन ११, काठमाण्डौ
 
 
अनुसन्धानकर्ताहरूले मंगल ग्रहमा पर्याप्त पानीको मात्रा रहेको प्रमाण पत्ता लगाएका छन् ।
 
मंगल ग्रहको दक्षिणी ध्रुवको हिमवत क्षेत्रमुनि जलाशय रहेको उनीहरूले बताएका छन् ।
 
 
 
सो जलाशय २० किलोमिटर फैलिएको छ । यसअघि गरिएका अनुसन्धानहरूले मंगल ग्रहमा छिटफुट पानीको मात्रा देखिएको जनाएका थिए । 
 
यसअघि नासाको क्युरिसिटी रोभर भनिने अन्तरिक्ष वाहानहरूले ग्रहको पुराना तालहरूमा अनुसन्धान गर्दा त्यहाँ पानीको मात्रा भेटिएको थियो ।
 
पातलो वायुमण्डलका कारण त्यहाँ रहेको भनिएको पानी जमेर हिउँ बनेको थियो ।
 
वैज्ञानिकहरूले लामो समयदेखि मंगल ग्रहमा पानीको मात्रा रहेको संकेत भेटे पनि पछिल्लो अनुसन्धानले उनीहरूलाई उत्साहित बनाएको छ ।
 
यस अनुसन्धान परिणामले पृथ्वीबाहेक मंगलमा पनि जीवनको अस्तित्व छ भन्ने अनुमानलाई थप बल पुगेको छ ।
 
युरोपेली अन्तरिक्ष निकाय (इएसए) को मार्सिस नामक राडार उपकरणको प्रयोगले पछिल्लो तथ्य पत्ता लगाएको हो ।
 
 
 
 
‘यो सम्भवतः ठूलो ताल होइन,’ इटालियन नेसनल इन्स्टिच्युट फर एस्ट्रोफिजिक्सका प्राध्यापक रोबर्टो ओरोसीले भने । 
 
पानीको तहको मोटाइ कति थियो भन्ने बारेमा मार्सिसले पत्ता लगाउन नसकेको तर पानीको तह सम्भवतः कम्तीमा एक मिटर भएको आकलन गरेका छन् ।
 
‘एक मिटर तह पानी हुनुको अर्थ त्यो जलाशय हो भन्ने पुष्टि हुन्छ ।
 
यो एक प्रकारको ताल नै हो, तर पृथ्वीमा चट्टान र हिउँबीचको भागमा भरिएको जस्तो भने होइन,’ प्राध्यापक ओरोसीले भने ।
 
तर, जलाशय भेटिएकै आधारमा जीवनका लागि भने उपयुक्त नभएको वैज्ञानिकहरूले बताएका छन् । 
 
‘मंगल ग्रह जीवनका लागि अनुपयुक्त छ भन्ने थाहा पाएका हौँ, तसर्थ अहिले नै मंगलमा जीवनको खोजी असम्भव छ; ओपन युनिभर्सिटीका डा. मनीष पटेलले भने ।