भारतीय सेलिब्रेटीजको शैक्षिक योग्यता :
-
सेलेब्रिटीको निजी जीवनबारे फ्यानहरू सधैँ उत्सुक रहन्छन् ।
कलाकारका विविध चर्चितकला र गतिविधि मिडियाले दर्शकमाझ पुर्याउने काम गर्दछन् ।
भारतीय मिडियाले सेलेब्रिटीका स–साना कुरालाई पनि सनसनीपूर्ण तवरले आममानिसमा पुर्याउने गर्दछन् ।
मिडियाले बलिउडका केही चर्चित कलाकारको शैक्षिक योग्यताको विषयमा रिपोर्ट बनाएका छन् l
कंगना रनौत
आफ्नो क्षमता र स्टारडमका कारण फिल्म चलाउन सक्ने हिरोइनका रूपमा पनि चिनिएकी कंगना रनौत १२ कक्षा फेल छिन् ।
फेल भएपछि उनले आफ्नो पढाइलाई त्यतिमै बिट मारिन् ।
मनालीकी कंगना मोडलिङका लागि दिल्ली हुँदै मुम्बइ पुगिन् ।
उनले बलिउडमा आफ्नो नाम चम्काइन् ।
तर, उनले थुप्रै अन्तर्वार्तामा आफूले धेरै नपढेकोमा थकथकी मान्ने गरेकी छिन् ।
उनी आफ्नो अंग्रेजी कमजोर भएकाले कतिपय अवस्थामा मजाकको पात्र भएको समेत गुनासो गर्ने गरेकी छिन् ।
करिश्मा कपुर
सन् ९० को दशकमा बलिउडमा छाएकी करिश्मा कपुरले लगातार हिट फिल्म दिइन् ।
फिल्ममा हिट भए पनि पढाइमा भने उनी निकै कमजोर छिन् ।
अर्थात्, उनले जम्मा पाँच कक्षा पढेकी छिन् । उनले ५ कक्षामा पढ्दै गर्दा पढाइ छाडेको बताइन्छ ।
पढाइ छाडेपछि उनले अभिनय र डान्स सिकेकी थिइन् ।
ऐश्वर्या राय बच्चन
ऐश्वर्य राय बच्चनले पनि ग्राजुएसन पूरा गरिनन् ।
मुम्बईको जय हिन्द कलेजमा एक वर्ष पढेपछि आर्किटेक्चरको पढाइका लागि रहेजा कलेजमा भर्ना भइन् ।
तर, पढाइलाई अधुरै छाडेर मोडलिङको संसारमा प्रवेश गरिन् ।
यसपछि ऐश्वर्य फिल्ममा व्यस्त भइन् । उनको पढाइ अघि बढ्न सकेन ।
आर्किटेक्चररको पढाइ पूरा गर्न नसकेकोमा ऐश्वर्यालाई पछुतो छ ।
आलिया भट्ट
कम उमेरमै फिल्ममा आएका कारण आलिया भट्टले पनि धेरै पढ्न पाइनन् ।
सन् २०१२ मा ‘स्टुडेन्ट अफ द इयर’बाट हिरोइन बनेकी उनले स्कुलको पढाइ सकिनासाथ अभिनय करिअर सुरु गरेकी हुन् ।
एकपछि अर्को फिल्ममा व्यस्त भएकाले उनले १२ कक्षापछि पढाइ छाडेकी थिइन् । पढ्न नसकेकोमा उनी पछुतो मान्ने गर्दछिन् ।